Logo

काठमाडौमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै, नेपालीले बनाएका रकेटदेखि ड्रोनसम्म प्रदर्शनमा राखिने

काठमाडौमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै, नेपालीले बनाएका रकेटदेखि ड्रोनसम्म प्रदर्शनमा राखिने



काठमाडौं । काठमाडौंमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना हुने भएको छ । स्टार्टअप कम्पनीका नयाँ प्रडक्ट तथा इन्नोभेसनलाइ प्रवद्धन, प्रचार र रिकग्नाइज गर्ने उद्देश्यसहित लिभिङ विथ आइसिटीले आउदो पुस ४ र ५ गते मेला आयोजना गर्न लागेको ह । उक्त मेलामा ५० बढि स्टहरु रहनेछन ।

laxmi

विभिन्न प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला यसपटक काठमाण्डौमा आयोजना गरिएको आयोजकले बताएको छ । यसअघि गत बैशाख र जेष्ठमा बिराटनगर, बुटवल र नारायणगढमा मेला आयोजना भइसकेको छ ।

आइटी तथा इन्नोभेसनमा केन्द्रित नयाँ कम्पनी तथा आइटीका विद्यार्थीहरुले सहभागिता जनाउने यस कार्यक्रममा रोबोटहरुको फुटवल प्रतिस्पर्धासमेत हुनेछ । नेपालीहरुले बनाएका रकेटदेखि ड्रोन र सफ्टवेयरहरु प्रदर्शनमा राखिनेछ । आइटी रोजगारी सम्वन्धी जब फेयर पनि सञ्चालन हुने उक्त कार्यक्रम थापागाँउ स्थित प्रेसिडेन्टियल विजनेश स्कुलको ग्राउण्डमा आयोजना हुनेछ । प्रदर्शनीमा १० हजार बढीले अवालोकन गर्ने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको पहिलो दिन इमर्जिङ टेक्नोलोजीज (एआई, आइओटी, क्लाउड टेक्नोलोजिज) मा वर्कशप सञ्चालन हुनेछ ।

दोश्रो दिन स्टार्टअप र उद्यमशीलताको विषयमा कन्फ्रेन्स सञ्चालन हुने छ । वर्कशप, कन्फ्रेन्स र रोबोट प्रतिस्पर्धामा भाग लिन अनलाइन रजिस्टर गर्नुपर्ने तर, प्रदर्शनी अवलोकन सबैलाई निशुल्क गरिएको छ । यस कार्यक्रमले सरकारलाई स्टार्टअप तथा युवाहरुमा गर्नुपर्ने लगानी, सुविधा र वातावरणको लागि घच्घच्याउने छ भने उद्यमशिलतालाई प्रर्वद्धन गर्न सघाउने आयोजक समितिका संयोजक राजन लम्सालले बताए । लिभिङ विथ आइसिटीले विगत ५ वर्षदेखि आइसिटी अवार्ड कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।


स्टार्टअप मेलाको शिर्ष प्रयोजन एआइमा काम गर्ने कम्पनि ’फयुज मेसिंस’ ले गरेको छ । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, रोबोटिक्स क्लब अफ एसोसिएसन, साइन्स टिचर्स एसोसिएसन, सिएसआइटी एसोसिएसन, टेक्नोरियो, नियर, कनेक्ट आइपिएस, ब्रोडवे इन्फोसिस, लगायतका संघसस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ । वर्कशप, कन्फ्रेन्समा सहभागी हुन तथा स्टल राख्न चाहने स्टार्टअप कम्पनीहरु nepalistartup.com वेबसाइटमा अनलाइन रजिस्टर गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL