१३ औं सागको स्पोन्सर बन्दै नेपाल टेलिकम, खेलाडीलाई निशुल्क सिम वितरण

nepal-telecom-building

काठमाडौं । नेपाल टेलिकम १३ औं दक्षिण एशियाली खेलकूद (साग) को पार्टनर स्पोन्सर बनेको छ । कम्पनीले १३ औं दक्षिण एशियाली खेलकूद प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड समेत उपलब्ध गराएको छ ।

काठमाडौ, जनकपुर र पोखरामा खेलिने उक्त खेल महोत्सवमा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ । सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउण्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको छ ।

Bajaj Pulsar Bizkhabar
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको यो खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल टेलिकमले खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको छ । मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरहरुबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवाहरु सहजै र तीब्र गतिमा उपलब्ध हुनेछन ।

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत सम्पूर्ण खेलकर्मीहरुको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ । यसका लागि ११६ सर्ट कोडमार्फत कल गरेर यो सेवा लिन सकिने छ । कम्पनीले खेलस्थलहरुमा ग्राहक सेवाका साथै फोरजी लगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रबद्र्धन कार्यका लागि स्टल समेत राख्ने भएको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status