Logo

एप्पलको बजेट आईफोन आउँदै, नेपाली २० हजार रुपैयाँ हाराहारी मूल्य रहने

एप्पलको बजेट आईफोन आउँदै, नेपाली २० हजार रुपैयाँ हाराहारी मूल्य रहने



काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा एप्पलको बजेट आईफोनको चर्चा चुलिँदो छ । एप्पलले ल्याउने भनेको बजेट आईफोन (आईफोन ११ एसई २) का बारेमा राम्रा, नराम्रा विभिन्न अफवाहहरु अन्तररष्ट्रिय बजारमा छ्यापछ्याप्ती आईरहेका छन ।

laxmi

यसबेला बजारमा उक्त बजेट आईफोन सन २०२० को पहिलो त्रैमासमै आउने समेत हल्ला चलिरहेको छ । बजारमा उक्त बजेट आईफोन ल्याउन एप्पलले आगामी बर्षको फेब्रुअरीमा फोन बनाउन थाल्ने बार्सिलोनाका विश्लेषकहरुले बताएका छन । यस्तै एप्पलका प्रख्यात विश्लेषक मिङ सि कुओले पनि एप्पलले उक्त आईफोन सन २०२० को मार्चमा ल्याउने विश्लेषण गरेका छन ।


उनका अनुसार एप्पलले ल्याउन लागेको उक्त बजेट आईफोन सन २०१७ मा लन्च भएको आईफोन ८ जस्तै हुनेछ । जसमा २०१९ का आईफोन मोडलमा पाईने ए१३ बायोनिक चिप प्रयोग गरिनेछ । यस्तै उनले उक्त फोनमा ३ जीबी र्याम हुने समेत बताएका छन ।

यस्तै उक्त फोनमा फेस आईडी सिस्टम नहुने, ४ दशमलव ७ ईन्चको डिस्प्ले रहनेलगायतका अफवाहहरु बजारमा फैलिएका छन । यस्तै बजारमा फैलिएको अफवाहलाई मान्ने हो भने एप्पलले सार्वजनिक गर्न लागेको उक्त आइफोन १२ हजार भारतीय रुपैयाँमै उपलब्ध हुनेछ । जसको नेपालमा बजारमूल्य २० हजारको हाराहारीमा हुने विश्लेषकहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL