Logo

अमेरिकी कम्पनी सिथोसको एआइ सेवा नेपालमा, बैंकिङ ह्याकिङको समस्या समाधान हुने

अमेरिकी कम्पनी सिथोसको एआइ सेवा नेपालमा, बैंकिङ ह्याकिङको समस्या समाधान हुने



काठमाडौं । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा समेत सेवा विस्तार गरेको छ । नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को सेवा प्रदान गर्ने गरी नेपाल भित्रिएको शुक्रबार एक कार्यक्रमबीच घोषणा गरिएको हो ।

laxmi

कार्यक्रममा सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टिलिजेन्स नेपालमा ज्यादै आवश्वक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए । नेपालको बैंकिङ प्रणालीमा रिस्क मेनेजमेण्ट, ह्याकिङलगायतका समस्या न्युनीकरणमा सिथोसको एआई प्रणालीले सहयोग पुर्याउने जिसीले बताएका छन ।

कम्पनीले बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स मार्फत ग्राहकलाइ सेवा प्रदान गर्छ । त्यसका साथै कर्जाको भ्यालुएसन र कर्जा दिन मिल्ने रकमलाइ समेत गणना गरी छिटो छरीतो र प्रभावकारी सेवा प्रदान गर्नेछ ।

साथै बैकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावित ठगीलाइ पहिचान तथा नियन्त्रण गर्ने प्रविधिक सेवा प्रदान गर्ने सिथोस नेपालका अध्यक्ष दक्ष पौडेलले जानकारी दीएका छन । उनले भने, ‘सिथोसले बैंकिङ क्षेत्रमा मात्र नभई आर्टिफिसियल इन्टिलिजेन्सले धेरै क्षेत्रको व्यवसाय व्यवस्थापनलाई सरल र सहज बनाईदिने छ, यसले नेपालको बैंकिङ क्षेत्रको प्राविधिक पक्षलाई अझै मजबुत र सरल बनाउन सहयोग गर्नेछ ।’

पौडेलका अनुसार सिथोसले विकास गर्ने एआई बैंकिङ, बिमा, रियलस्टेट, हस्पिटालिटीलगायत विविध क्षेत्र तथा व्यापार व्यवसायमा प्रयोग गरेर खर्च कम गरी आम्दानी वढाउन सकिन्छ । आगामी दिनमा सिथोसले नेपालको सहकारी क्षेत्रमा समेत सेवा बिस्तार गर्ने पौडेलले बताए ।

सिथोसले मार्केट रिसर्चका साथै सेन्टीमेन्ट एनालीसिस, जोखिम व्यवस्थापना, लगानी प्रक्षपणलगायतका सेवाहरु प्रविधिको मद्दत मार्फत प्रदान गर्न सकिने एआइको विकास गरेको छ ।
सिथोसको एआई सेवा लिने तथा दिने दुबैलाइ प्रविधिको प्रयोग मार्फत सहज, सरल र प्रभावकारी क्रियाकलापका लागि मद्दत गर्छ ।

यसले औठा छाप, आवाज, तस्विर, सन्देश, फोन मार्फत सम्बन्धीत व्यक्तिको पहिचान गरी कारोबार गर्नमा सहज गराउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL