Logo

नेपालमै पहिलो पटक ‘डाटा सेन्टर समिट’ आयोजना हुँदै, नेपालको डाटा नेपालमै राख्न जोड

नेपालमै पहिलो पटक ‘डाटा सेन्टर समिट’ आयोजना हुँदै, नेपालको डाटा नेपालमै राख्न जोड



काठमाडौं । नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक डाटा सेन्टर समिट आयोजना हुने भएको छ । आईतबार एक पत्रकार सम्मेलनमा आगामी असार १२ (२७ जुन) मा सोल्टी क्राउन प्लाजामा उक्त आयोजना हुने आयोजकले जानकारी दिएको हो ।

laxmi

डाटा सेन्टरको उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित प्राविधिक समूह एवं व्यक्तिहरुलाई लक्षित गर्दै आयोजना हुन लागेको समिटमा विश्वका ख्यातीप्राप्त डाटा सेन्टरका वक्ताहरुले डाटा सेन्टरको ग्लोबल स्ट्यान्डर्ड, गाइडलाइन, बेस्ट प्राक्टिस आदिको बारेमा प्रस्तुति दिने छन् भने सहभागीहरुबीच बृहत् अन्तक्र्रिया गरिने छ ।

नेपालको डाटा नेपालमै राख्नुपर्छ भन्ने कानून आउँदै गरेको अवस्थामा हुन लागेको समिटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय डाटा सेन्टर सोलुसन्स र प्रडक्टको माग अत्याधिक बढिरहेको सन्दर्भमा यस उद्योगमा रहेका अवसर र सम्भावनाबारे पनि समिटमा छलफल हुने छन ।
सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेसन (सिएसआरआई) यो इभेन्टको रिसर्च पार्टनरको रुपमा रहेको छ । यस रिसर्च सेन्टरले नेपालमा डाटा सेन्टरको अभ्यास र तयारीबारे नेपालका संघसंस्थाको अवस्थाको बारेमा रिपोर्ट तयार गर्दैछ ।

यो समिटको मुख्य उद्धेश्य नेपाली डाटा सेन्टर उद्योगलाई विश्वस्तरीय मापदण्डअनूरुप अगाडि बढाउन सहयोग गर्नु रहेको छ । समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ओइएम पार्टनर तथा सेवा प्रदायकले आफ्ना डाटा सेन्टर सोलुसन्स र प्रडक्टसहित सहभागिता जनाउने छन् भने हस्पिटालिटी, बैकिङ तथा वित्तीय संस्था, सरकारी संस्था, कर्पोरेट क्षेत्र, एनजिओ र आइएनजिओ लगायतबाट प्रतिनिधिहरुले अवलोकन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL