Logo

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले भने, ‘नेपालमा अहिले नै फाईभजी आवश्यक छैन’

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले भने, ‘नेपालमा अहिले नै फाईभजी आवश्यक छैन’



काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल फाईभ जी नेटवर्ककका लागि उचित नभईसकेको जानकारी दिएका छन । केहि पक्षले विश्व फाईभजीको तयारी गरिरहेको बेला नेपाल भने बल्ल फोरजी सेवा विस्तारमा लागेको भन्ने प्रसंगमा उनले हाल नेपाल फोरजी सेवाको लागि नै उचित भएको बताएका हुन ।

laxmi

उनले नेपाल विश्वमा चलिआएको प्रविधिसँगै अघि बढेको बताउँदै फोरजी सेवा विस्तारमा भने १ बर्ष पछि परेको जानकारी दिएका छन । बिहीबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको बजार फाईभजीका लागि उपयुक्त नभएको बताउँदै सन् २०२५ सम्ममा मात्रै यसका लागि उपयुक्त हुने बताएका छन ।

‘विश्वका विकिसित देशहरुले नै हाल फाईभजी प्रयोग गरिसकेका छैनन, भर्खर परिक्षण गर्दैछन,’ उनले भने, ‘नेपालमा हाल फोरजी नै उपयुक्त छ फाईभजीको लागि सन २०२५ सम्ममा पनि नेपालमा फाईभजीको लक्षित जनसंख्या जम्मा १५ प्रतिशत हुनेछ ।’

नेपालमा यसको लागि नीतिगत ब्यवस्था नै नभईकेको बेलामा फाईभजीको कुरा गर्नु व्यर्थै हुने पनि उनले जानकारी दिएका छन । नेपाल टेलिकमले हाल नेपालभर फोरजी सेवा विस्तार गर्नका लागि टेण्डर प्रक्रिया अघि बढाइसकेको छ ।

टेलिकमले नेपालभर अबको १ बर्षमा प्रत्येक स्थानीय तहका बजार क्षेत्रमा फोरजी सेवा विस्तार गरिने भएको छ ।

यस्तै हाल फोरजी सेवा विस्तार गर्नका लागि गरिएको टेण्डरमा विभिन्न पूर्वाधार तथा विभिन्न सेवा सुविधाहरु थप गरिएकैले टेण्डरको आकार बढेको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL