Logo

३ महिनामा ३ लाखले बढे मोबाईल फोन प्रयोगकर्ता, मोबाईलमा इन्टरनेट चलाउनेको संख्या ४ लाखले वृद्धि

३ महिनामा ३ लाखले बढे मोबाईल फोन प्रयोगकर्ता, मोबाईलमा इन्टरनेट चलाउनेको संख्या ४ लाखले वृद्धि



काठमाडौं । पछिल्लो ३ महिनामा मोबाईलफोन प्रयोगकर्ता ३ लाखले बढेका छन । मोबाईल सेवाको पहुँच तथा प्रभाव बढेसँगै र विभिन्न सेवाप्रदायकले आफ्ना सेवाहरु विकट स्थानसम्म विस्तार गरेसँगै दिनप्रतिदिन मोबाईल प्रयोगकर्ता बढेका हुन ।

नेपाल दुरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आवको पहिलो ३ महिनाको प्रतिवेदनले ३ महिनामा मोबाईल फोन प्रयोगकर्ता ३ लाखले बढ्दै ३ करोड ९० लाख पुगेको देखाएको छ । यहि साउन महिनामा नेपाल भर ३ करोड ८६ हजार प्रयोगकर्ताले मोबाईल सेवा प्रयोग गर्ने गरेका थिए ।

हालसम्म नेपालमा मोबाईल फोन प्रयोगकर्ता बढेसँगै नेपाल टेलिकमको मात्रै मोवाईल सेवा प्रयोग गर्ने प्रयोगकर्ता १ करोड ९८ लाख रहेका छन भने दोस्रो ठुलो कम्पनी एनसेलका प्रयोगकर्ता १ करोड ६४ लाख रहेका छन ।

नेपालमा मोबाईल प्रयोगकर्ताहरु बढेसँगै हालसम्म मोबाईलमा इन्टरनेट चलाउनेको संख्या पनि १ करोड २३ लाख पुगेको छ । यही असोजसम्मको तथ्याँक अनुसार मोबाईलमा ईन्टरनेट चलाउनेहरुको संख्या ३ महिनामा ४ लाखले बढेको देखिन्छ । प्राधिकरणको तथ्याँक अनुसार यही साउनमा १ करोड १९ लाख मोबाईल इन्टरनेट प्रयोगकर्ता रहेकोमा ३ महिनामा सो संख्यामा वृद्धि भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL