Logo

माइक्रोसफ्टको अफिस ३६५ सार्वजनिक, सर्भर विन क्लाउट सर्भिस लिन सकिने

माइक्रोसफ्टको अफिस ३६५ सार्वजनिक, सर्भर विन क्लाउट सर्भिस लिन सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२० चैत, काठमाडौं । अमेरिकी सफ्टवेयर निर्माता माइक्रोसफ्टले नयाँ सफ्टवेयर ‘अफिस ३६५’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि सो सफ्टवेयर सार्वजनिक गरेको हो ।

यो माइक्रोसफ्ट अफिस’को अनलाइन भर्जन हो ।

सफ्टवेयर व्यवसाय, शिक्षालगायत प्रयोजनका लागि नेपाली बजारमा बताइएको छ । यो अफिस ३६५ को सहायताले भौतिक सर्भरविनै ‘क्लाउड सर्भिस’को फाइदा लिन सकिने पनि कम्पनीले जानकारी दिएको छ ।

गत नोभेम्बरमा लञ्च गरिएको अफिस ३६५ अहिले पनि १० भन्दा बढी कम्पनीले प्रयोग गरेको छ । साथै त्यसको सकरात्मक प्रक्रिया पाएको पनि सो अवसरमा जानकारी दिइयो ।

यो सफ्टवेयरको ‘एक्स्चेञ्ज अनलाइन’ भर्जनको मूल्य प्रति यूजर २ अमेरेकी डलरबाट शुरू हुने तथा ‘व्यवसाय’ भर्जन प्रतियूजर मासिक ५ डलरबाट शुरू हुने पनि बताइएको छ । माइक्रोसफ्टले शिक्षाक्षेत्रका योग्य सङ्ख्यालाई यो सफ्टवेयर निःशुल्क उपलब्ध गराउने बताएको छ ।

कार्यक्रममा माइक्रोसफ्टका एसिया प्यासिफिक इमरजिङ मार्केटका जनरल म्यानेजर मिशेल सिम्मनसका साथै माइक्रोसफ्टका एशिया प्यासिफिक अफिस डिभिजनका जनरल म्यानेजर बाइरन राडरलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL