Logo

इसेवाबाट सामान किन्नुस नबिल बैंकबाट छुट लिनुस, ३ हजारको सामान किन्दा ७५० नगद फिर्ता

इसेवाबाट सामान किन्नुस नबिल बैंकबाट छुट लिनुस, ३ हजारको सामान किन्दा ७५० नगद फिर्ता



काठमाडौं । एफवान सफ्ट इन्टरनेशनले आजबाट ‘इसेवा पसल’ संचालनमा ल्याएको छ । सरकारले देशलाई इ–कमर्शतर्फ लगिरहेको अवस्थामा एफवान सफ्टले पनि अबको किनमेललाई इ–कमर्शतर्फ लैजान इसेवा पसल संचालनमा ल्याइएको एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले जानकारी दिए ।

एफवान सफ्टले यस अघि संचालनमा रहेको भाटभटेनी अनलाईनलाई खरिदगरी इसेवा पसलको नामबाट संचालनमा ल्याएको हो । उक्त अनलाईनबाट सामान खरिदगर्दा न्युनतम ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म क्यास ब्याक अफर रहेको इसेवा पसलका प्रमुख कार्यकारी अधिकृत मनिस श्रेष्ठले जानकारी दिए ।

इसेवा पसलले तत्कालका लागि नबिल बैंकको सहकार्यमा उक्त सेवा संचालनमा ल्याएको छ । नबिल बैंकको भिसा तथा क्रेडिटकार्ड प्रयोग गरी इसेवा पसलबाट सामान खरिद गर्दा ३ हजार रुपैयाँसम्मको खरिदमा तत्काल २५ प्रतिशत क्यास ब्याक गरिने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए । ‘नबिलको कार्डबाट ३ हजार रुपैयाँको सामान खरिद गर्नुस २० प्रतिशत अर्थात ६ सय बैंक र थप १ सय ५० रुपैयाँ इसेवाले दिनेछ,’ उनले भने ।

तर, एक पटकमा जति सामान खरिद गरेपनि ३ हजारलाई आधार मानेर २५ प्रतिशत नगद क्यास ब्याक गरिने छ । साथै ३ हजार रुपैयाँसम्मको जति पटक कारोबार गरेपनि सोही अनुरुप छुट दिईने श्रेष्ठले जानकारी दिए ।

इसेवा पसलबाट सामान खरिदगर्दा सेवाग्राहीलाई सस्तो र २४ घण्टाभित्र डेलिभरी गरिने एफवान सफ्टका अध्यक्ष ढकालले जानकारी दिए । ‘इसेवा पसलबाट सामान खरिदगर्दा अन्य अनलाईन सपिङ तथा सामान्यतय बजारमा किनेको भन्दा महङ्गो भयो भने हामीलाई सुझाव दिनुस त्यसको मूल्यमा तत्काल परिमार्जन गरी अरुले भन्दा सस्तोमा उपलब्ध गराउछौं ।’

यसैगरी इसेवा पसलले कार्ड अन डेलीभरीमा १० प्रतिशत र इसेवामार्फत सामान खरिद गर्दा ५ प्रतिशत नगद छुटको व्यवस्था गरेको छ । साथै फेस्टिभ अफर अन्तरगत उपभोक्तालाई लक्की ड्रमार्फत बैंकक भ्रमणको समेत व्यवस्था गर्न लागिएको ढकालले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL