Logo

क्यानको अध्यक्षमा पुनः ढकाल, उनको पक्षमा दुई तिहाई सदस्य

क्यानको अध्यक्षमा पुनः ढकाल, उनको पक्षमा दुई तिहाई सदस्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१८ फागुन,काठमाडौं । कम्प्युटर एसोसियन अफ नेपाल(क्यान महासंघ)को अध्यक्षमा पुनः विनोद ढकाल निर्वाचित भएका छन् । क्यानको प्रथम साधारण सभाबाट उनी निर्वाचित भएका हुन् । ढकाल अघिल्लो कार्यसमितीमा पनि अध्यक्ष रहेका थिए ।

आइतबार भएको निर्वाचनमा ढकालले प्रतिद्धन्द्धी नारायण न्यौपानेलाई  १० प्रतिशतको मतान्तरले पराजित गरेका हुन् । उनको समूहले अध्यक्ष सहित दुई तिहाई भन्दा बढि सिट जितेको छ ।
न्यौपाने समुहले भने चार जना क्षेत्रिय सदस्यको सिट जितेको छ ।  बाँकी २३ जना सदस्यह ढकाल समुहले जितेको हो ।

संस्थागत सदस्यतर्फ ढकाल प्यानलका हेमन्त चौरासिया, विश्व बलामी, रंजित पोदार, सुनैना पाण्डे र अरुण बंशल विजयी भएका छन् । त्यस्तै व्यक्तिगत सदस्यतर्फ पनि सो समुहका भिमध्वज श्रेष्ठ, रोमकान्त पाण्डे, कुशल रेग्मी, रेगबहादुर भण्डारी र अभिजित गुप्ता  विजयी भएका हुन् ।

ढकाल पक्षका विरेन्द्र बज्राचार्य र सन्देश गोपाल न्याच्छयोले संस्थागत आजिवन सदस्य जितेका छन् भने व्यक्तिगत आजिवनतर्फ हेमपाल श्रेष्ठ र पवन कुमार शर्माले जीत हासिल गरेका छन् ।
बिषयगत सदस्यतर्फ सुमनलाल प्रधान र नारायण बहादुर थापा,क्षेत्रिय सदस्यतर्फ पुर्वाञ्चलबाट दिपेश पाठक र ठाकुर श्रेष्ठ, मध्यमाञ्चलबाट शेखर दुलाल, मध्यपश्चिमाञ्चलबाट संजय थापा, सुदुरपश्चिमाञ्चलबाट टेकराज पनेरु र सुनिल दत्त ओझा विजयी भएका छन् ।

न्यौपाने समुहबाट भने मध्यमाञ्चलका श्यामकल श्रेष्ठ, पश्चिमाञ्चलका नवराज कुँवर र अशोकबाबु राना तथा मध्यपश्चिमाञ्चलबाट रेशम गिरिले जितेका छन् ।
२०५१ सालदेखि नेपालको सुचना प्रबिधीका क्षेत्रमा लागेका बिनोद ढकाल क्यानको सचिव, महासचिव र उपाध्यक्ष हुँदै अध्यक्ष पद सम्हाल्ने अवसर प्राप्त गरेका थिए । उनी करिब आधा दर्जन आईसीटी कम्पनीमा आवद्ध छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL