Logo

बागमती सफाइ अभियानमा टेलिकमको सहभागीता, सफाइका सामग्री हस्तान्तरण

बागमती सफाइ अभियानमा टेलिकमको सहभागीता, सफाइका सामग्री हस्तान्तरण


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकम आफ्नो तह्रौं वार्षिकोत्सवको अवसरमा बाग्मती सफाइ महा अभियानमा सहभागी भएको छ । सो अवसरमा कम्पनीले सफाइ अभियानका लागि आवश्यक सफाइ सामग्रीहरु पनि सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

शनिवार काठमाडौंको सुविधानगर तीनकुनेस्थित बाग्मती नदी किनारमा आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सफाइ कार्यका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गरिन् ।

उक्त सामग्रीहरु बाग्मती सफाइ महा अभियानका अभियन्ता किशोर थापामार्फत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलाई हस्तान्तरण गरिएको हो ।
अभियन्ताहरुका लागि आवश्यक सफाइ सामग्रीहरु १ सय जोर ट्रयाक सुट, ३ सय जोर गम बुट, ३ सय जोर पञ्जा, ५० थान डोको, ५० थान सुइरो र २ सय थान मास्क हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा राजभण्डारीले नदीनाला र हरियाली मानव जीवनको अभिन्न अंग भएकाले बाग्मती नदीको संरक्षण, सबद्र्धन गर्नुपर्ने आवश्यकता महसुस गरी नेपाल टेलिकम यस कार्यमा प्रत्यक्षर अप्रत्यक्ष रुपमा निरन्तर संलग्न रहेको बताइन् । साथै यसै आर्थिक वर्ष भित्र बाग्मती नदी किनारामा दुई वटा शौचालय

नेपाल टेलिकमले बाग्मती सफाइ अभियान शुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट निःशुल्क एसएमएस पे्रषित गर्दै आएको छ । त्यसैगरी बाग्मती सफाइ अभियान प्रारम्भ भएदेखि नै नेपाल टेलिकम आफ्नो वार्षिकोत्सवको अवसरमा सफाइ अभियानमा संलग्न हुुनुका साथै सफाइका लागि विभिन्न सामग्रीहरु उपलब्ध गराई सहयोग गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL