Logo

माइक्रोम्याक्सको ‘निट्रो ए ३११’ बजारमा, मुल्य रु २३ हजार ९ सय

माइक्रोम्याक्सको ‘निट्रो ए ३११’ बजारमा, मुल्य रु २३ हजार ९ सय


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० पुस, काठमाडौं । माइक्रोम्याक्सले ‘माइक्रोम्याक्स क्यानभास निट्रो ए ३११’ मोवाइल सेट नेपाली बजारमा ल्याएको छ ।

उक्त मोवाइललाई नेपाली बजारमा रु २३ हजार ९ सय ८० रुपैयाँमा पाइने कम्पनीले बताएको छ साथै उक्त फोन नेपाली बजारमा उपलब्धमध्ये सबैभन्दा सस्तो ओक्टा–कोर स्मार्टफोन भएको कम्पनीको दावी छ ।

मोवाइलमा भएको एण्ड्रोइड ४.४.२ किटक्याटलाई यसको ट्रू ओक्टा कोरलले सपोर्ट गरेको छ । २ जीवी ¥याम भएको उक्त मोवाइ फोन हेर्दा आकर्षक हुनुका साथै नयाँ एप्लिकेसनहरु र गेमहरु पनि सजिलै चलाउन सकिन्छ ।

५ इन्चको स्क्रिन र लेदर फिनिस भएको सो मोवाइलमा क्यामेरा समेत गुणस्तरीय रहेको छ । जसबाट गुणस्तरीय फोटो र भिडियोहरु हेर्न सकिन्छ । मोवाइलमा २ हजार ५ सय एमएचको ब्याट्री प्रयोग गरिएको हुँदा १० घण्टासम्म कुरा गर्न सकिनेछ ।

मोवाइलको मुख्य क्यामरा १३ मेगा पिक्सेलको भएको हुँदा जसबाट ४१२८*३०९६ पिक्सेल सम्मका फोटोहरु खिच्न सकिनेछ । डिजीटल जुम, आटो फोकस र लीड फ्ल्यास भएको हुँदा उज्यालो कम भएको ठाउँमा पनि गुणस्तरीय फोटो खिच्न सकिने छ ।

यसका साथै यस फोनमा भएको ५ मेगापिक्सेलको फ्रन्ट क्यामराले ग्राहकहरुलाई सबैभन्दा उत्कृष्ट गुणस्तरको सेल्फी खिच्न र भिडियो च्याट गर्न समेत सहज हुनेछ । मोवाइलमा १६ जीबीको इन्टर्नल मेमोरी छ र यसलाई ३२ सम्म बढाउन सकिनेछ । फोनमा डियुल सिम लाग्नेछ । बजारमा सो फोन प्रिस्टिन ह्वाइट र मिस्टिक ब्लुमा उपलब्ध छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL