Logo

रकेट प्रयोग गरेर द्रुत डेलिभरी सेवा दिदैं ‘अलिबाबा’, ९० मिनेटमा विश्वको जुनसुकै कुनामा सामान पुग्ने

रकेट प्रयोग गरेर द्रुत डेलिभरी सेवा दिदैं ‘अलिबाबा’, ९० मिनेटमा विश्वको जुनसुकै कुनामा सामान पुग्ने



काठमाडौं । चिनियाँ रकेट उत्पादन गर्ने कम्पनी स्पेस इपोचले अलिबाबाको अनलाइन सपिङ प्लेटफर्म ताओबाओसँग रकेट प्रयोग गरेर द्रुत डेलिभरी सेवा सुरु गर्न काम गरिरहेको बताएको छ । स्पेस इपोचले आइतबार भनेको छ कि यो कार्यक्रम अझै प्रारम्भिक चरणमा छ र परीक्षणहरू भइरहेको छ । कम्पनीका अनुसार १२० घनमिटरको कन्टेनरमा १० टन तौलका सामान बोक्न सक्ने रकेटको विकास भइरहेको छ । यो रकेट बारम्बार प्रयोग गर्न सकिन्छ ।

laxmi

कम्पनीले आफ्नो आधिकारिक विच्याट खातामा यस सम्बन्धमा एक सूचना साझा गरेको छ । यद्यपि अलिबाबाले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । बेइजिङमा आधारित स्पेस इपोकले पुनः प्रयोग गर्न मिल्ने रकेटहरू निर्माण गर्छ । यसले गत वर्ष मात्रै युआनशिंग–१ रकेटको परीक्षण पूरा गरेको थियो, जसमा यो रकेट देश बाहिर गएर फर्किएको थियो । तर, कम्पनीले छिट्टै रकेट डेलिभरी सेवा सुरु गर्न सहज नहुने स्पष्ट पारेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना नीतिहरूमा देशको रणनीतिक उद्योगहरूको विकासमा ठूलो जोड दिएका छन् । यसमा व्यावसायिक अन्तरिक्ष क्षेत्रलाई विशेष महत्व दिइएको छ । स्याटेलाइट निर्माण, रिमोट सेन्सिङ र नेभिगेसन जस्ता क्षेत्रहरूलाई प्रोत्साहन दिइँदैछ । गत वर्ष चीनले १७ व्यावसायिक रकेट प्रक्षेपण गरेको थियो । तीमध्ये एउटा मात्रै असफल भयो । चीनले पृथ्वीको कक्षमा कुल ६७ उपग्रहहरू पठाएको छ, जुन एक कीर्तिमान थियो । यसअघि २०२२ मा १० व्यावसायिक रकेटहरू अन्तरिक्षमा पठाइएका थिए, जसमध्ये दुई असफल भएका थिए ।

विश्वभरका वैज्ञानिकहरूले केही समयदेखि रकेटलाई यातायातको माध्यमको रूपमा प्रयोग गर्ने सम्भावनाको खोजी गरिरहेका छन् । एलोन मस्कको कम्पनी स्पेसएक्सको पुनः प्रयोज्य रकेटको सफलताले यो दायरालाई अझ सम्भव बनाएको छ । सन् २०२३ मा साइन्स डाइरेक्ट म्यागजिनमा प्रकाशित अनुसन्धानमा जर्मन वैज्ञानिकले ९० मिनेटभन्दा कममा विश्वभरका यात्रु र सामान ढुवानी गर्न सकिने बताएका थिए । आफ्नो अनुसन्धानमा उनले स्पेसएक्सद्वारा विकसित गरिएको स्टारशिप रकेटलाई स्पेसलिनरसँग तुलना गरेर अध्ययन गरेका थिए ।
अनुसन्धानमा, ‘सस्तो र पूर्ण रूपमा पुनः प्रयोज्य रकेटको विकासले पृथ्वीमा एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न नयाँ मार्गहरू खोल्न सक्छ । यसले मानिस र सामानहरू ९० मिनेट भन्दा कममा पृथ्वीको जुनसुकै ठाउँमा ढुवानी गर्न सक्छ,’ उल्लेख छ ।

अमेरिकी सेनाले लामो समयदेखि रकेटबाट सामान ढुवानी गर्ने सम्भावनामा काम गरिरहेको छ । ‘यो विचार अन्तरिक्ष उडान सुरु भएदेखि नै हो, र यो धेरै रोचक विचार हो,’ अमेरिकी वायुसेनाका वैज्ञानिक र रकेट कार्गो कार्यक्रम प्रबन्धक डा. ग्रेग स्प्यानियर्सले २०२१ मा भएको एक कार्यक्रममा भनेका थिए । ‘हामीले यसबारे हरेक पटक सोचिरहेका छौं । तर, अहिलेसम्म यो सम्भव भएको छैन् । तर, अहिले प्रविधिको यति धेरै विकास भइसकेको देखिन्छ कि यो सोचलाई कार्यान्वयन गर्न सम्भव छ ।’

रकेट डेलिभरीको सबैभन्दा महत्वपूर्ण पक्ष यो हो कि यसले धेरै समय बचाउन सक्छ । हाल, सामानहरू डेलिभर गर्न दिनदेखि हप्ता र महिनौं लाग्छ । उदाहरणका लागि, न्युयोर्कबाट केन्यामा सामान पु¥याउनु पर्दा १४ घण्टा लाग्छ भने यो काम रकेटबाट एक घण्टामा गर्न सकिन्छ । यसका लागि रकेटलाई सय किलोमिटरको उचाइमा उडाउन सकिन्छ, जुन विभिन्न देशको हवाई सीमाभन्दा बाहिर छ । यसको मतलब रकेटलाई सामान पठाउने देशको अनुमति मात्र चाहिन्छ । बाँकी समय रकेट आफ्नो बाटोमा आउने देशको हवाई क्षेत्र बाहिर रहनेछ । तर, यसका कारण प्रतिकिलोग्रामको मूल्य निकै बढ्नेछ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL