Logo

कम्पनी रजिष्ट्रारको नाममा उच्च अदालत पाटनको आदेश : एनसेलको सेयर बिक्री तत्काल रोक्नु

कम्पनी रजिष्ट्रारको नाममा उच्च अदालत पाटनको आदेश : एनसेलको सेयर बिक्री तत्काल रोक्नु



काठमाडौं । एनसेलको सेयर विक्री रोक्न उच्च अदालत पाटनले अल्पकालिन आदेश जारी गरेको छ । अदालतले बिहीबार कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

laxmi

उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यस्तै अदालतले दुबै पक्षलाई २५ मंसिरमा छलफलमासमेत बोलाएको छ ।

गत हप्तामात्रै एनसेलको सतीशलाल आचार्यको कम्पनी स्पेट्रलाईट युकेलाई विक्री गरेको कुरा बाहिर आएको थियो । यसअघि एनसेलको सबैभन्दा बढी ८० प्रतिशत सेयर अजियाटासँग थियो । उक्त सेयर साढे ६ अर्ब रुपैयाँमा बेच्ने गरी अजियाटाले स्पेट्रलाईट युकेसँग एसपीए गरेको थियो ।

यसरी साढे ६ अर्बमा सेयर बेचेपछि करछली भएको भन्दै गोकुल रोकायाले उच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL