Logo

टेलिकमकाे निमित्त प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त, ३१ वर्षको अनुभब

टेलिकमकाे निमित्त प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त, ३१ वर्षको अनुभब



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन ।

laxmi

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १७ को निर्णयले उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि नियुक्त गरेको हो ।

उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिन । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन ।

उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी हुन । २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिएकी हुन । उनले २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिन ।

पदभार ग्रहण गर्दै उनले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL