Logo

नेपाल टेलिकमको टिकटक च्यालेन्ज, राम्रो टिकटक बनाउनेलाई ४० हजार पुरष्कार

नेपाल टेलिकमको टिकटक च्यालेन्ज, राम्रो टिकटक बनाउनेलाई ४० हजार पुरष्कार



काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।

laxmi

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज हिजो (२०८० भाद्र २४) देखि प्रारम्भ भएको छ र आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने कम्पनीले जानकारी दिएको छ ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।

त्यसैगरी सान्तवना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५ सय रुपैयाँको टप अप प्रदान गरिने छ ।

नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL