Logo

काठमाडौं र ललितुपरमा शनिबार ८ घण्टा एनसेलको सेवा बन्द हुन सक्ने, यस्तो छ कारण

काठमाडौं र ललितुपरमा शनिबार ८ घण्टा एनसेलको सेवा बन्द हुन सक्ने, यस्तो छ कारण



काठमाडौं । काठमाडौं र ललितपुरका केहि स्थानमा शनिबार एनसेलको सेवा बन्द हुने भएको छ । एनसेल अजियाटाले दिएको सूचना अनुसार नेपाल विद्युत प्राधिकरणले उक्त क्षेत्रहरुमा विद्युत आपुर्ति बन्द गर्ने भएपछि एनसेलको सेवा पनि बन्द हुने भएको हो ।

laxmi

नेपाल विद्युत प्राधिकरणले टेकु स्युचाटार लाई ६६ केभिएबाट १३२ केभिएमा स्तरोन्नती गर्नका लागि काठमाडौंका केहि स्थान र ललितपुरका केहि स्थानमा विद्युत आपुर्ति नै बन्द गर्ने बताएको छ । जसअनुसार शनिबार सानेपा राममन्दीर, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ ।

यस्तै अन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सीखेल, पुल्चोक प्रधानसेनापति निवास, ठाडोढुंगा क्षेत्र र चमती फिडर अन्तर्गत ज्ञान तीर्थ मार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भु, चमती, किमडोल र बारुद खाना क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ ।

कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटको केही भागमा पनि बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

त्रिपुरेश्वर फिडर अन्तर्गत टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर र थापाथली स्वीचिङ अन्तर्गत त्रिपुरेश्वर चोक, आशा अस्पताल, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपण्डोल हिमालय होटल, स्थानीय विकास मन्त्रालय र पुल्चोकसम्म बिजुली आपूर्ति बन्द हुने छ ।

यस्तै भैंसीपाटी फिडर अन्तर्गत महतो मार्ग, भैंसेपाटी आवास, भैंसेपाटी चोक, एकल डाँडा र क्षेत्रपाटी फिडर अन्तर्गत विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

यी क्षेत्रमा रहेका एनसेलका टावरमा पनि पावर सप्लाई बन्द हुने भएपछि उक्त क्षेत्रका टावर नचल्न सक्ने एनसेलले जानकारी दिएको छ । प्राधिकरणले उक्त क्षेत्रमा बिहान साढे ८ बजेदेखि साँझ साँढे ४ बजेसम्म विद्युत आपुर्ति बन्द हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL