Logo

आजदेखि आईफोन सिक्स र सिक्स प्लस नेपाली बजारमा, मुल्य १ लाख २१ हजार रूपैयाँसम्म

आजदेखि आईफोन सिक्स र सिक्स प्लस नेपाली बजारमा, मुल्य १ लाख २१ हजार रूपैयाँसम्म


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददता

४ पुष, काठमाडौं ।  नेपाली बजारमा आजदेखि पहिलोपटक आधिकारीक रूपमा एप्पल ब्राण्डको आईफोन सिक्स र सिक्स प्लसले बजार प्रवेश गर्ने भएको छ । आईफोनको नेपालमा बिक्रि गर्ने आधिकारीकता पाएसँगै नेपालमै पहिलोपटक यसलाई सार्वजनिक गर्ने कार्यक्रम छ । शुक्रबार हायात होटलमा एक कार्यक्रमको आयोजना गर्दै यसको आधिकारीक विक्रिको घोषणा गर्ने कार्यक्रम छ ।

लगातारको आवेदन पछि धेरै कम्पनीलाई पछि पार्दै जेनेरेशन नेक्सट कम्युनिकेशन प्रालिले आइफोनको नेपालमा आधिकारीकता प्राप्त गर्न सफल भएको हो । आधिकारीकता पाएसँगै कम्पनीले इभो स्टोर, फ्युचर वल्र्ड र टेलिकम कम्पनी एनसेललाई आफ्नो रिसेलरको घोषणा गरेको छ ।

शुक्रबार रिसेलरका रूपमा एनसेलले बण्डलिङ् आइफोन सेटको आधिकारीक बिक्रि गर्ने कार्यक्रम छ । कम्पनीका अनुसार किस्तामा बण्डलिङ् भएका आइफोन सेट प्राप्त गर्न सकिनेछ । कम्पनीका अनुसार नेपालमा १६, ६४ तथा १ सय २८ जीबीका आइफोन उपलब्ध हुनेछन् । कम्पनीले उपलब्ध गराउने आइफोन सिक्सको मुल्य प्लसको मूल्य १ लाख २० हजार ९ सय ९९, आएइफोन सिक्सको १ लाख ७ हजार ४ सय ९९ र आइफोन फाइभ एसको ७५ हजार ९ सय ९९ रूपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार किस्तामा उपलब्ध गराइने यी मोडलमा डाटा समेत उपलब्ध हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL