Logo

विश्वको पहिलो ‘सिक्स जी’ आउँदै : इन्टरनेटको गति बिजुली जस्तै, कभरेज क्षेत्र १० किलोमिटर

विश्वको पहिलो ‘सिक्स जी’ आउँदै : इन्टरनेटको गति बिजुली जस्तै, कभरेज क्षेत्र १० किलोमिटर



नयाँ दिल्ली । दक्षिण कोरियाले विश्वको पहिलो सिक्स जी नेटवर्क सुरु गर्ने भएको छ । दक्षिण कोरियाका विज्ञान मन्त्री लिम हेले मोबाइल वल्र्ड कंग्रेस २०२२ मा आफ्नो देशले सन् २०२८ सम्ममा ६जी नेटवर्क ल्याउने बताए ।

उनले ६ जीको तयारी भइरहेको बताए । दक्षिण कोरियाली मन्त्रीका अनुसार ६जी नेटवर्कको गति हालको नेटवर्कभन्दा ५० गुणा बढी हुनेछ । यसको मतलब यदि ५जी स्पीड अहिले १ जीबीपिएस छ भने सिक्स जी नेटवर्कको रोलआउट पछि इन्टरनेट स्पीड ५० जीबीपिएस हुनेछ ।

कभरेज क्षेत्र ५० किमी हुनेछ

सिक्स जी नेटवर्कको कभरेज क्षेत्र ५० किमी हुनेछ । अर्थात् नेटवर्क नहुँदाको समस्या अन्त्य हुनेछ । दक्षिण कोरिया सन् २०१९ मा पहिलो व्यावसायिक ५जी नेटवर्क रोलआउट गर्ने विश्वको पहिलो देश थियो । यस्तै दक्षिण कोरिया सबैभन्दा छिटो गतिको ५जी नेटवर्क पनि उपलब्ध गराउने पहिलो देश पनि हो ।

दक्षिण कोरियाले तयारी सुरु गर्यो

दक्षिण कोरियाली सरकारले सिक्स जी नेटवर्कका लागि सामग्री र कम्पोनेन्टहरू बनाउन स्थानीय कम्पनीहरूलाई प्रोत्साहन गर्न अनुदानको घोषणा गरेको छ । साथै, दक्षिण कोरियाले नेटवर्क बलियो बनाउन आपूर्ति श्रृंखला सुदृढ गर्ने काम गरिरहेको छ ।

दक्षिण कोरिया सरकारले ६जीका लागि ४८२.१ मिलियन डलरको बजेट घोषणा गरेको छ । दक्षिण कोरियाले विश्वस्तरीय सिक्स जी प्रविधि बनाउन चाहन्छ ।

दक्षिण कोरिया विश्वको चौथो ठूलो अर्थतन्त्र हो । फाइभजी विस्तारमा दक्षिण कोरियाको करिब २५.९ प्रतिशत हिस्सा छ । जबकि यस मामिलामा चीनको हिस्सा २६.८ प्रतिशत रहेको छ । यद्यपि दक्षिण कोरियाले ६जीमा आफ्नो हिस्सा ३० प्रतिशतभन्दा बढी हुनसक्ने विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL