Logo

नेपाल टेलिकमको स्पष्टिकरण : प्राविधिक समस्याले नेटवर्क टुटेको हो, भविष्यमा समस्या आउँदैन

नेपाल टेलिकमको स्पष्टिकरण : प्राविधिक समस्याले नेटवर्क टुटेको हो, भविष्यमा समस्या आउँदैन



काठमाडौं । मंगलबार करिब १२ बजेदेखि दिनभरी नै नेपाल टेलिकमको नेटवर्कमा समस्या देखियो । फोन नलाग्ने, लागिहाले काटिने, डाटा नचल्ने, एसमएमएससमेत नजानेलगायतका समस्या देखिएपछि टेलिकमले बुधबार यसको समस्याबारे जानकारी गराएको छ ।

टेलिकमले एक विज्ञप्ति जारी गर्दै मंगलबार केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएको बताएको छ । उक्त समस्या कम्पनीका प्राविधिकहरुबाट तत्काल समाधान गरिएसकिएको पनि टेलिकमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

समाधान भइसकेपश्चात छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमासमेत असजिलो उत्पन्न भएको थियो ।

उक्त समस्या समाधान भएपछि टेलिकमले भविष्यमा यस्ता समस्या पुनः निम्तिन नदिन प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL