Logo

नेपाल टेलिकमको नेटवर्कमा समस्या, फोन, एसएमएस र डाटा बन्द

नेपाल टेलिकमको नेटवर्कमा समस्या, फोन, एसएमएस र डाटा बन्द



काठमाडौं । मंगलबार एकाएक नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा टेलिकमको नेटवर्कमा समस्या देखिएको हो दिउसो १२ बजेपछि टेलिकमको नेटवर्कमा फोन नलाग्ने, डाटा नचल्ने र एसएमएससमेत नजाने समस्या देखिएको सेवाग्राहीहरुले बताएका छन् । कतिपय सेवाग्राहीको सिमकार्ड स्लटमै इरर चिह्न देखिने समस्या रहेको पाईएको छ ।

टेलिकमको नेटवर्कमा मंगलबार यस्तो समस्या हल हुने र पुनः समस्या दोहोरिने देखिएको छ । यसबारे टेलिकममा बुझ्न खोज्दासमेत नेटवर्कले काम गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL