Logo

GBIME

नेपाल टेलिकमले सार्वजनिक गर्याे विन्टर अफर, यस्ता छन् १९९ देखि ६९९ रुपैयाँसम्मका आकर्षक प्याकहरु

नेपाल टेलिकमले सार्वजनिक गर्याे विन्टर अफर, यस्ता छन् १९९ देखि ६९९ रुपैयाँसम्मका आकर्षक प्याकहरु



काठमाडौं । नेपाल टेलिकमले भोलि पुस २८ गते देखि लागु हुनेगरी विन्टर अफर २०७९ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफर लाई ग्राहकहरुको रुची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो ।

विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई १ सय ९९ देखि ६ सय ९९ रुपैयाँसम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरु उपलब्ध छन् ।

यस अफर अन्तर्गत जम्मा ६ सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल २८ जिबी डाटा (दैनिक १ जिबी), दैनिक १ सय मिनेट कुराकानी गर्ने र दैनिक १ सयवटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । यसैगरी ४ सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल १९. हजार ६ सय एमबी डाटा (दैनिक ७ सय एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

जम्मा ३ सय ४९ रुपैयाँमा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक ५ सय एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० वटै सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । जम्मा १ सय ९९ मा २८ दिनका लागि कुल ४ हजार २ सय एमबी डाटा ((दैनिक १ सय ५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस अफर अन्तर्गतका १ सय ९९ देखि ६ सय ९९ रुपैयाँसम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरु सबै नेटवर्कका लागि उपलब्ध छन् ।

स्टे कनेक्टेड अफर अन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहना बमोजिम थप सुलभ दरमा ल्याइएको छ । जम्मा १ सय ३० रुपैयाँमा ५ दिनका लागि २ जिबी सबै नेटवर्कमा र ४ जिबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्नेगरी जम्मा ६ जिबी डाटा सुविधा र १ सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको छ । १ सय र २ सय रुपैयाँका स्टे कनेक्टेड अफरहरु निरन्तर प्रयोग गर्न सकिनेछ ।

यसैगरी एफटीटीएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आइपिटिभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराइएको छ । अब ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः जम्मा १६ हजार ६ सय ८२.६४ रुपैयाँमा र २१ हजार ५ सय ४१.५४ रुपैयाँ मात्र लाग्दछ । एफटीटीएच सेवामा उपलब्ध गराइएका यस अघिका अरु सबै प्याकलाई निरन्तरता दिइएको छ ।

पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको जम्मा ३ सय ७३ रुपैयाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने अन नेट ८ सय मिनेटको भ्वाइस प्याक र ३ सय ७३ रुपैयाँमै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्याकमा रेन्टल समाबेश गरी निरन्तरता प्रदान गरिएको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड प्याक अन्तर्गत ५ सय ९९, ७ सय ९९, ९ सय ९९ र १ हजार ४ सय ९९ रुपैयाँका असिमित सुविधाहरु प्रयोग गर्न सकिने प्याकहरु निरन्तर उपलब्ध छन् । यसमा कम्पनीभित्रकै नेटवर्कमा असिमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २ सय ५० मिनेट कुराकानी गर्न वा दैनिक १ जिबी डाटा प्रयोग गर्न सकिने ३० दिनको ५ सय ९९ रुपैयाँको प्याक उपलब्ध छ । साथै, ७ सय ९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असिमित र अन्य सेवा प्रदायकको नेटवर्कमा ५ सय मिनेट कुराकानी गर्न सकिने, अल नेट २ सय वटा सन्देश पठाउन सकिने र प्रतिदिन १ जीबी डाटा ३० सम्म चलाउन सकिन्छ ।

९ सय ९९ र १ हजार ४ सय ९९ रुपैयाँका ३० दिन समयावधि भएका प्याकमार्फत कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असिमित कुराकानी (अल नेट अनलिमिटेड) गर्न सकिनुका साथै क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४ सय वटा र १ हजार वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यी बाहेक पहिलेदेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
NBL
NCHL