Logo

वर्ल्डलिंकको दशैं अफर, प्याकेज किन्दा राउटरदेखि नेट टिभी न्युन शुल्कमा

वर्ल्डलिंकको दशैं अफर, प्याकेज किन्दा राउटरदेखि नेट टिभी न्युन शुल्कमा



काठमाडौं । वर्ल्डलिंक कम्युनीकेसनले दशैं तिहारलाई लक्षित गर्दै ‘वर्ल्डलिंक फेस टिभीटी’ अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई इन्टरनेटको प्याकेज खरिद गरेवापत विभिन्न सुविधा दिनेगरी उक्त अफर सार्वजनिक गरेको हो ।

जसअनुसार ग्राहकले कम्पनीको इन्टरनेट सब्सक्रिप्सनमा पविभिन्न ३ फरक फरक आकर्षक डिलहरु प्राप्त गर्न सक्नेछन् ।
पहिलो प्याकेज (फास्ट अफर) अन्तर्गत १ हजार ५० रुपैयाँ प्रतिमहिनामा ग्राहकहरुले डुअल ब्याण्ड राउटर र २ सय एमबीपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् । यस्तै २ राउटर प्याकेज अन्तर्गत पनि १ हजार ५० रुपैयाँ प्रतिमहिना मा ग्राहकहरुले डुअल ब्याण्ड राउटर र २ सय एमबीपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।

साथै ग्राहकहरुले कम्पनीको स्मार्ट अफर अन्तर्गत १ हजार ५० रुपैयाँमै नोकिया बीकोन १.१ मेस राउटर, २ सय एमबीपीएसको इन्टरनेट सेवा साथमा सम्पुर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै सेटअफ बक्सको साथमा मासिक नेट टिभी मात्र १ सय ५० रुपैयाँमा प्राप्त गर्न सकिनेछ ।

यो अफर १ बर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL