Logo

प्राधिकरण र मोबाइल आयातकर्ताको प्रतिवद्धता, भदौदेखि पूर्ण रुपमा ‘एमडीएमएस’ कार्यान्वयन

प्राधिकरण र मोबाइल आयातकर्ताको प्रतिवद्धता, भदौदेखि पूर्ण रुपमा ‘एमडीएमएस’ कार्यान्वयन



काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आगामी महिनादेखि मोबाईल डिभाईस म्यानेजमेन्ट सीस्टम (एमडीएमएस) प्रणाली लागु गर्ने भएको छ । प्राधिकरण र मोबाइल फोन इम्पोर्टस एसोसियसनले सोमबार आयोजना गरेको एमडीएमएस सम्बन्धी कार्यशाला गोष्ठीमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले कुनै विशेष परिस्थिति बाहेक आगामी भदौ ३० बाट एमडीएमएस प्रणाली शुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

laxmi

यस्तै कार्यक्रममा एमपीआइएका उपाध्यक्ष सञ्जय कुमार अग्रवालले पनि आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस शुरुवात हुने र त्यसको दुई देखि ३ महिनामा शतःप्रतिशत लागु हुने बताए ।

‘यो दुई–तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गर्ने हो र भदौ ३० उप्रान्त नेपालमा अनधिकृत आयातित मोबाईल चल्ने छैनन्,’ उनले भने, ‘यो कुरामा नेपाल दुर सञ्चार प्राधिकरणले सतःप्रतिशत प्रतिबद्वता दिएको छ त्यसकारण यसमा कुनैपनि शंका उपशंकाको ठाउँ रहने छैन ।’

नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न नेपाल दुरसञ्चार प्राधिकरणले आउँदो भाद्र ३० बाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम सुरु गर्ने निर्णय सहित उक्त गोष्ठी सम्पन्न गरिएको थियो ।

गोष्ठीमा स्वागत मन्तब्य राख्दै मोबाइल फोन इम्पोर्टस एशोसियसनका अध्यक्ष दिपक कुमार मलहोत्राले अहिलेको समयमा मोबाईल फोनलाई गाँस, बास र कपास पछिको अति आवश्यकीय बस्तुको रुपमा लिन थालिएको बताए । तर, पछिल्लो समय सरकारले विलासिताको बस्तुको रुपमा वर्गीकरण गरी मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा उनले दुख व्यक्त गर्दै आपत्ति जनाएका छन् ।

‘सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्धेश्य राखेर मोबाइल आयातमा प्रतिबन्ध लगाउँदा गैरकानूनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौँको सङ्ख्यामा आईरहेको छ,’ उनले भने, ‘यसले रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अरवौँ राजश्वसमेत गुमाउनुपरेको छ ।’

गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने र अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आउने उनको भनाई थियो । यसैका कारण मोबाइल विक्रिकर्ता तथा इम्पोटरले कर्मचारीहरुको कटौती सम्म गर्नुपर्ने वाध्यताले हजारौँको सङ्ख्यामा बेरोजगारी दर वृद्धि हुने अवस्था आएको तथ्य उनले प्रष्ट पारेका थिए । यसैका कारण पनि प्राधिकरणले एमडीएमएस प्रणाली सकेसम्म चाँडो संचालनमा ल्याउनुपर्ने जोड उनको थियो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले एमडीएमएसको महत्व, विशेषता र प्रबिधिक पक्षबारे व्यापक विश्लेषण गर्दै यसको व्यावहारिक कार्यान्वयनका बारेमा महत्वपूर्ण जानकारी दिएका थिए । यस्तै प्राधिकरणका निर्देशक रेवती राम पन्तले एमडीएमएस विनियमावली २०७५ का बारेमा बुँदागत रुपमा व्यख्या विश्लेषण गर्दै यसको औचित्य र आवश्यकता प्रष्ट पारेका थिए ।

कार्यक्रमका संचार सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानुनभित्र रही सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागु गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL