Logo

भायानेटको नयाँ शाखा अब महेन्द्रनगरमा, अल्ट्राफाई प्याकेजको घोषणा

भायानेटको नयाँ शाखा अब महेन्द्रनगरमा, अल्ट्राफाई प्याकेजको घोषणा



काठमाडौं । भायानेट कम्युनिकेसनले बाराको महेन्द्रनगरमा नयाँ साखा विस्तार गरेको छ । आफ्ना ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब महेन्द्रनगरका सर्व–साधारण पनि लाभान्वित हुनेछन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् ।

laxmi

यसै सन्दर्भमा महेन्द्रनगरमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ । भायानेट महेन्द्रनगर भिम्दत्त नगरपालिका वो डा नः १८ नजिकै प्रभु बैंकसँगै खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL