Logo

बुधबारबाट मतदाता नामावली दर्ता अनलाईनबाटै, जिल्लामा धाईरहनुपर्ने समस्याको अन्त्य

बुधबारबाट मतदाता नामावली दर्ता अनलाईनबाटै, जिल्लामा धाईरहनुपर्ने समस्याको अन्त्य



काठमाडौं । निर्वाचन आयोगले बुधबारबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगका अनुसार बुधबारदेखि यसको परिक्षण सुरु गरिने भएको हो । आयोगले पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरमा यो सेवा बुधबारबाट संचालनमा ल्याउने भएको हो ।

आयोगले यससँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा धाईरहनुपर्ने बाध्यताको अन्त्य भएको बताएको छ ।

आयोगका अनुसार भोटर लिस्ट रजिस्ट्रेसन सिस्टममार्फत पहिलो चरणमा काठमाडौं उपत्यकाका ३ जिल्लामा पाईलट संचालन र त्यसपछि अन्य सबै जिल्लामा यसको सुरुवात गरिने छ । फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आफ्नो नामावली दर्ता गर्न चाहेमा बुधबारबाट आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरी अनलाइनबाटै पेस गर्न सक्नेछन् ।

फारम अनलाइनबाट पेस गर्दा प्राप्त हुने सङ्केत नम्बर सहितको प्रिन्ट कपी र आवश्यक कागजात लिएर फोटो तथा औँठा छाप दिनका लागि सम्बन्धित निर्वाचन कार्यालयमा भने उपस्थित हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL