Logo

नेपाल टेलिकमको ‘भ्यालेन्टाइन डे अफर’, ४९ रुपैयाँमै २४ घण्टासम्म अनलिमिटेड डाटा चलाउन पाईने

नेपाल टेलिकमको ‘भ्यालेन्टाइन डे अफर’, ४९ रुपैयाँमै २४ घण्टासम्म अनलिमिटेड डाटा चलाउन पाईने



काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन डे (प्रेम दिवस) को अवसरमा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे को उक्त अफर फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख)का लागि उपलब्ध हुने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

उनका अनुसार उक्त अफर अन्तर्गत ४९ रुपैयाँमा २४ घण्टाका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा अर्थात ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ ।

उक्त सेवा खरिद गर्न ‘स्टार १४१५ स्टार ११ ह्यास’ डायल गरी वा ‘नेपाल टेलिकम एप’ को प्रयोग गर्न सकिने कम्पनीले जानकार दिएको छ । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टे (भिओएलटिई) सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टे कल निःशुल्क प्रदान गरेको छ ।

यसका साथै टेलिकमले भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते मोबाईल पोईन्ट अफ सेल (एमपोस)बाट गरिने २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्मको रिचार्जमा ५ सय १२ एमबी डाटा र ५ सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १ हजार २४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL