Logo

गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर, उपभोक्ताको गुनासो सम्बोधन

गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर, उपभोक्ताको गुनासो सम्बोधन



काठमाडौं । नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ विटिएस टावर सञ्चालनमा ल्याएको छ । फोरजी तथा टुजी दुबै सेवा सहित सञ्चालन गरिएको उक्त टावरले सो क्षेत्रका हजारौं उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले बताए ।

laxmi

गल्याङ नगरपालिका वडा नं.११ मा सञ्चालित उक्त टावरबाट स्याङ्जाको जिमुवा, लबरकोट, तुलसीभन्ज्याङ, दिमिक लगायत क्षेत्रका साथै पाल्पा जिल्लाको असर्दी, हुँगी, फोक्सिङकोट लगायतका आसपासका क्षेत्रका उपभोक्ताहरु पुर्ण रुपमा लाभान्वित हुने नेपाल टेलिकम गल्याङका प्रमुख राम राज उपाध्यायले बताए ।

नेपाल टेलिकमले उक्त सेवा गत मंगलबारदेखि सुचारु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL