Logo

नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड प्याक’, ५९९ रुपैयाँमा अनलिमिटेड भ्वाईस सेवा उपलब्ध

नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड प्याक’, ५९९ रुपैयाँमा अनलिमिटेड भ्वाईस सेवा उपलब्ध



काठमाडौं । नेपाल टेलिकमले यसअघि नै सार्वजनिक गरिसकेको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ हाल पनि लोकप्रिय छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिने यसको प्रयोग पछिल्लो समय बढ्दै गएको टेलिकमले जानकारी दिएको छ ।

laxmi

उक्त प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटासमेत चलाउन सकिन्छ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा एड अन प्याकसमेत खरिद गरी चलाउन सक्दछन् ।

‘सजिलो अनलिमिटेड प्याक’ अन्तर्गत पोस्टपेडमा ५ सय ९९, ७ सय ९९, ९ सय ९९ र १ हजार ४ सय ९९ रुपैयाँका प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५ सय ९९ रुपैयाँको अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी ५ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ ।

यस्तै सजिलो अनलिमिटेड पोस्टपेड ७ सय ९९ अफर अन्तर्गत जम्मा ७ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २ सय वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड ९ सय ९९ अफर अन्तर्गत जम्मा ९ सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४ सय वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १ सय मिनेट अफ नेट भ्वाइस र १ सय वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा छ ।

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर अन्तर्गत जम्मा १ हजार ४ सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १ हजार वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १ सय २० जिबी डाटा, २ सय मिनेट अफ नेट भ्वाइस र २ सय वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।

उल्लेखित सबै प्याक लिंदा जिएसएम पोस्टपेडमा लागु हुने रेन्टल चार्जवापतको ३ सय ८४ रुपैयाँ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु एस्ट्रिक१४१५ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार वा सहज रुपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिन्छ ।

एड अन प्याक खरिदको सुविधा

माथि उपलब्ध प्याकेज अनुसार प्रतिदिन १ जीबी, २ जीबी र ४ जीबी प्रयोग गर्न सकिने डाटा सकिएमा प्याकेजको बाँकी अवधिभरीका लागि सस्तो दरको एड अन प्याक खरिद गर्न सकिन्छ । यस अन्तर्गत २ सय ९९ रुपैयाँमा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एड अन प्याकको रुपमा खरिद गर्न सकिन्छ ।

प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएसको निःशुल्क अनलिमिटेड डाटा सेवा भने उपलब्ध नै हुनेछ । यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रुपैयाँमा २ जिबी र ५० रुपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी उक्त प्याककै रुपमा खरिद गर्न सकिन्छ ।

यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक ५ सय ९९ रुपैयाँमा खरिद गर्न सकिन्छ । यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा २ सय ९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सकिन्छ । यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा प्याकेजको बाँकी अवधिभरी निःशुल्क उपलब्ध हुनेछ । सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रुपैयाँमा २ जिबी र ५० रुपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड अन प्याककै रुपमा खरिद गर्न सकिन्छ ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याकमा जम्मा ५ सय ९९ रुपैयाँमा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा जम्मा २ सय ९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि एस्ट्रिक१४१५ह्यास डायल गरी दिइएको निर्देशन अनुसारको प्याक छान्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकम एपबाट पनि यो सुविधा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL