Logo

अमेरिकालाई पछि पार्दै भारत भाइबर चलाउनेमा पहिलो

अमेरिकालाई पछि पार्दै भारत भाइबर चलाउनेमा पहिलो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ मङ्सिर, काठमाडौं । भाइबर प्रयोगकर्ताको सङ्ख्यामा भारतले अमेरिकालाई पछि पार्दै पहिलो स्थानमा पुगेको छ । फोन तथा च्याटका लागि प्रसिद्ध भाइबरको भारतमा लोकप्रियता बढेसँगै यसको डाउनलोड पनि बढेको हो ।

भाइबरको पछिल्लो तथ्याङ्क अनुसार भाइबर प्रयोग गर्ने भारतीयको सङ्ख्या ३ करोड ३० लाख पुगेको छ । जबकी यसअघि पहिलो स्थानमा रहेको अमेरिकामा यसका प्रयोगकर्ता ३ करोड रहेका छन् । प्रयोकर्ता बढेसँगै भाइबरका लागि भारत आम्दानीको नयाँ सम्भावनाका रूपमा देखा परेको छ । उत्साहजनक प्रयोगकर्ता बढेसँगै भाइबरले भारतका लागि गेम स्टोर तथा पेमेण्ट सेवा पनि सुरू गर्ने भएको छ ।

भाइबरको सुचीमा रसिया तेस्रो स्थानमा छ । रसियामा २ करोड ८० लाख भाइबर प्रयोगकर्ता छन् । त्यस्तै १ करोड ८० लाख प्रयोकर्तासँगै ब्राजिल चौथो स्थानमा छ । भाइबरका मालिक समेत रहेका राकुटेनको देश जापान भने टप फाइभमा पर्न असफल भएको छ । बेलायत सुचीको पाँचौ स्थानमा छ । हाल विश्वभर ४६ करोड भाइबर प्रयोगकर्ता छन् । गत फेबु्रअरी महिनामा राकुटेनले ९० करोड डलरमा भाइबर खरिद गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL