Logo

वर्ल्डलिंकले आफ्ना ग्राहकसंख्या ५ लाख पुर्यायो, इन्टरनेट प्रयोग गर्ने ३ जनामध्ये एक जनाले वर्ल्डलिंकको सेवा लिँदै

वर्ल्डलिंकले आफ्ना ग्राहकसंख्या ५ लाख पुर्यायो, इन्टरनेट प्रयोग गर्ने ३ जनामध्ये एक जनाले वर्ल्डलिंकको सेवा लिँदै



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनले आफ्नो सेवा ५ लाख घरधुरीसम्म पुगेको जानकारी दिएको छ । तिब्र रुपमा सेवा विस्तार गरिरहेको सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना ग्राहक संख्या यसै साता ५ लाख पुगेको जानकारी दिएको हो । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्ने गरेको समेत कम्पनीले जानकारी दिएको छ । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत व्याण्डविथ वल्र्डलिंक एक्लैले प्रयोग गर्छ । वल्र्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा सहित नेपालका ७३ जिल्लामा पुगेको छ ।

यसै बिचमा वल्र्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ । यस कम्पनीले आव २०७६÷०७७ मा १० औं ठूलो भ्याट योगदानकर्ताको सम्मान समेत पाएको थियो । वल्र्डलिंकमा हालसम्म करिव ४ हजार जनाले रोजगारी पाएका छन ।

वल्र्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउदै आएको हो । दैनिक १ लाख ५१ हजारभन्दा बढीले निःशुल्क उपलब्ध पब्लिक वाईफाई प्रयोग गरिरहेको समेत कम्पनीले जानकारी दिएको छ । मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्ट लगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ ।

वल्र्डलिंक कम्युनिकेशन्समा बेलायती सरकारको संस्था सिडीसी ग्रुपको समेत लगानी रहेको छ । वल्र्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटि सेवा प्रदान गर्दै आइरहेको छ ।

वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले ग्राहकहरूको विश्वास र समर्थनले गर्दा संस्थाले एउटा कोषेढुंगा पार गरेको बताए । ‘आजको दिन वल्र्डलिंकका लागि गर्वको क्षण हो,’ उनले भने, ‘हाम्रो परिवार ५००००० को ठूलो परिवार बनेको छ । यो विशाल आधार हाम्रा ग्राहकहरुको अथक समर्थनबाट प्राप्त भएको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL