Logo

अब एपमार्फत घरबाटै पिसिआर टेस्ट गराउन सकिने, यसरी गर्न सकिन्छ कोरोना जाँच

अब एपमार्फत घरबाटै पिसिआर टेस्ट गराउन सकिने, यसरी गर्न सकिन्छ कोरोना जाँच



काठमाडौं । राइड सेयरिङ एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर परीक्षण गर्न सकिने विशेष सेवा शुरु गरेको छ ।

laxmi

विगत लामो समयदेखि राइड सेयरिङ सुविधा दिँदै आएको साथी राइडले कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न, घरमै बसौं, सुरक्षित रहौं भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरु (ल्याब) सँग सहकार्य गरी कस्टमरलाई सहज तथा सुरक्षाको लागि घरमै पिसिआर स्वाब संकलन गर्न मद्दत गर्दैछ।

यस अघि कम्पनीले यात्रीहरुलाई राइड बुकिङ, रेन्टल कार सर्भिस र फुड डेलिभरी सर्भिस दिँदै आएको थियो।

कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठका अनुसार हाल उपत्यकामा मात्रै यो सेवा सुरु भएता पनि आउँदो दिनमा हामी यस सुविधालाई विस्तार गर्दै नेपालका विभिन्न जिल्लाहरुमा पनि यो सेवा उपलब्ध गराईनेछ ।

हाल घरमै पिसिआर परीक्षण गराउने यो सेवा काठमाडौंमा शुरु भईसकेको छ भने आगामी दिनमा देशका अन्य शहरहरुमा पनि उपलब्ध गराउने योजना लिईएको छ ।

यो सेवा लिनका लागि सेवाग्राहीहरुले साथी एप डाउनलोड गरेर त्यसमा आफ्नो नाम ठेगानासहितको जानकारीहरु राखेर रजिस्टर गर्नुपर्ने हुन्छ । र सो एप मार्फत सिधै सेवा लिन सकिन्छ ।

साथी एप अहिले गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ भने आगामी दिनमा आईओएसमा पनि ल्याउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL