Logo

माइक्रोम्याक्सको क्यानभास फाइभ इ ४८१ बजारमा, मूल्य रु.२१ हजार ५ सय

माइक्रोम्याक्सको क्यानभास फाइभ इ ४८१ बजारमा, मूल्य रु.२१ हजार ५ सय


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । माइक्रोम्याक्सको क्यानभास फाइभ इ ४८१ नेपाली बजारमा भित्रिएको छ ।

एन्ड्रोइडको ५.१ ललिपप अपरेटिङ सिस्टम भएको यो सेटमा ५ दशमलव २ इञ्चको एफएचडी आपिएस ओजिएस स्क्रिन भएको कम्पनीले जानकारी दिएको छ । यसको बजार मूल्य २१ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

यसमा १ दशमलव ३ गिगाहर्जको अक्टा कोर प्रोसेसर छ । यो सेटको रेयर क्यामरा १३ र फ्रन्ट क्यामरा ५ मेगापिक्सलको छ । ३ जिबी र्याम, ६४ जिबी एक्सटर्नल मेमोरी , २९ सय एमएएच व्याट्रि यो फानको बिशेषता हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL