Logo

कोरोना खोप निर्माण कम्पनी मोडेर्नाले भन्यो-खोपको मूल्य ३७ डलरसम्म पर्न सक्छ

कोरोना खोप निर्माण कम्पनी मोडेर्नाले भन्यो-खोपको मूल्य ३७ डलरसम्म पर्न सक्छ



काठमाडौं । विश्व महामारीका रुपमा रहेको कोरोना भाईरस (कोभिड–१९) विरुद्ध अहिले विश्वका विभिन्न देश र कम्पनी खोप निर्माणका लागि जुटिरहेका छन् । तर, अझै संक्रमितहरुले कोरोना बिरुद्धको खोप भने लगाएर निको हुने सौभाग्य पाएका छैनन् ।

laxmi

त्यस्तैमा अमेरिकी कम्पनी मोडेर्नाले पनि आफुहरुले कोरोना बिरुद्धको खोप निर्माण गरिरहेको बताएको छ। यदि कोरोना विरुसद्धको खोप निर्माण भए यस्को मुल्य कति पर्ला ? अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको मुल्य २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ ।

कोरोना विरुद्धको खोप निर्माणमा जुटेका कयौं कम्पनीहरुमध्ये मोडेर्ना कम्पनीका सीईओ स्टेफान बान्सेलले भने आफ्नो खोप कोरोना संक्रमण नियन्त्रणका लागि ९४.५ प्रतिशत प्रभावकारी भएको दाबी समेत गरेका छन् । ईयूले पनि मोडेर्नाको यो खोप खरिद गर्ने प्रयास गरिरहेको छ । रोयटर्स

प्रतिक्रिया दिनुहोस्
MBL