Logo

नेपालको अन्तरराष्ट्रिय व्यापारमा सुधार : चालु आवको पहिलो महिनामै आयातमा १९ प्रतिशतको कमी, निर्यात बढ्यो

नेपालको अन्तरराष्ट्रिय व्यापारमा सुधार : चालु आवको पहिलो महिनामै आयातमा १९ प्रतिशतको कमी, निर्यात बढ्यो



काठमाडौं । पछिल्लो समय नेपालले गर्ने अन्तरराष्ट्रिय ब्यापारमा सुधार हुने क्रम जारी छ । गत आर्थिक बर्ष आयात घटिरहँदा नेपालबाट हुने निर्यातमा पनि सोहीअनुसारको वृद्धि भएको थियो । यष्सले करिव १२ खर्ब बराबर पुगेको व्यापारघाटाको खाडल केही पुरिने अवस्थामा पुगेको छ । सोही अनुसार चालु आर्थिक बर्ष पनि नेपालले गर्ने बैदेशिक व्यापारमा केही सुधारको लक्षण देखिएको छ ।

laxmi

भन्सार विभागले जारी गरेको साउन महिनाको वैदेशिक व्यापारको तथ्यांक अनुसार साउनमा नेपालमा हुने आयातमा १९ दशमलव ६० प्रतिशतको गिरावट आएको छ । गत आर्थिक बर्षको सोही अवधिमा नेपालले अघिल्लो आवको तुलनामा ९ दशमलव ३९ प्रतिशतले आयात घटाएको थियो ।

विभागका अनुसार चालु आर्थिक बर्षको साउन महिनाभरी ८५ अर्ब ८० करोड ६७ लाख रुपैयाँ बराबरको मालबस्तु आयात भएको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १९ दशमलव ६० प्रतिशतले कम हो । गत आर्थिक बर्षको साउन महिनामा मात्र १ खर्ब २० अर्ब रुपैयाँ बराबरको मालबस्तु आयात भएको थियो ।

यस्तै चालु आवका साउन महिनामा ९ अर्ब ६१ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा केही बढी हो । गत वर्षको यही अवधिमा ८ अर्ब ८३ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो ।

चालू आवको पहिलो महिनामा राज्यले वैदेशिक व्यापारमा ७६ अर्ब १९ करोड रूपैयाँ घाटा सहेको छ । पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण नेपालबाट हुने निर्यातको वृद्धिदरमा भने केही कमी आएको छ । नेपालमा ३ महिना बढी चलेको लकडाउनका कारण उद्योग कलकारखाना बन्द भए ।

सोही अनुसार विभिन्न उत्पादिन बस्तुमा पनि भारी गिरावट आएका कारण निर्यातित बस्तुको अंशमा पनि ठुलो गिरावट आएको हो । महामारीका कारण विश्व व्यापार श्रृंखलामा कमी आएका कारण पनि नेपालको वैदेशिक व्यापारमा केही असर परेको छ । हाल भन्सार कार्यालयले जारी निषेधाज्ञाका कारण आफुले दिने सबै सेवाहरु स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL