Logo

कति पाउँछन भारतमा बैंकका सिइओले तलब ? यी हुन् भारतमा सबैभन्दा बढी तलब पाउने ४ सिइओहरु

कति पाउँछन भारतमा बैंकका सिइओले तलब ? यी हुन् भारतमा सबैभन्दा बढी तलब पाउने ४ सिइओहरु



काठमाडौं । पछिल्लो समय तीव्र आर्थिक विकासमा लम्किरहेको भारतको बैकिङ क्षेत्र पनि निकै फराकिलो छ । भारत सरकारले नै पछिल्लो समय बैंकिङ कारोबारमा बढी जोड दिएसागै भारतका ग्रामीण क्षेत्रसम्म बैंक पुगिरहेका छन् ।

laxmi

जनसंख्याको ठूलो हिस्सा एकदमै गरिब रहेको भारतमा बैकिङ क्षेत्र भने निकै आकर्षक मानिन्छ । जहाँ कर्मचारीहरुले निकै राम्रो तलब सुविधा पाउने गर्छन । नेपालमै पनि निकै आकर्षक मानिने बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ)हरुले वार्षिक करोडौं रुपैयाँ तलब पाउने गर्छन । भारतमा भने बैंकका सिइआृहरुको तलब थप आकर्षक रहेको छ । यहाँ वित्त वर्ष २०२० मा भारतमा सबैभन्दा बढी तलब पाउने बैंकका चार सिइओहरुको चर्चा गरिएको छ ।

१) आदित्य पुरी : एचडीएफसी बैंकका मुख्य कार्यकारी अधिकारी आदित्य पुरी एकपटक फेरि वर्ष २०२० को लागि भारतमा सबैभन्दा बढी तलब पाएको सीईओको रूपमा देखा परेका छन् । बैंकले जारी गरेको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार उसको वार्षिक तलब र अन्य सुविधा अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ दमलव प्रतिशतले वृद्धि भई १८ दशमलव ९२ करोड भारतीय रुपैयाँ (करीब २९ करोड नेपाली रुपैयाँ) पुगेको छ । उनले वर्ष यो वित्र वर्षमा थप रु १६१ दशमलव ५६ करोड भारतीय रुपैयाँ स्टकमा लगानी गरेर थप कमाएका थिए ।

२) संदीप बख्शी : भारतको दोस्रो सबैभन्दा ठूलो निजी क्षेत्रको ऋणदाता आईसीआईसीआई बैंकका प्रबन्ध निर्देशक र सीईओ सन्दीप बख्शी यो सूचीमा दोश्रो नम्बरमा छन् । उनको कूल आम्दानी वित्त वर्ष ६ दशमलव ३१ करोड भारतीय रुपैयाँ (करीब १० करोड नेपाली रुपैयाँ) रहेको छ । वार्षिक रिपोर्ट अनुसार अक्टोबर २०१८ मा बख्शीले बैंक सम्हालेपछि ४ दशमलव ९० करोड भारतीय रकम कमाए ।

३) अमिताभ चौधरी : एक्सिस बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अमिताभ चौधरी यो सूचीमा तेश्रो नम्बरमा रहेका छन् । बैंकको वार्षिक रिपोर्ट अनुसार आर्थिक वर्ष २०२० मा ६ दशमलव १ करोड भारतीय रुपैयाँ (करीब साढे ९ करोड नेपाली रुपैयाँ) रहेको छ । प्रतिबदेनका अनुसार सन् २०१९ को पछिल्लो ३ महिनाको १.२७ करोड भारतीय रुपैयाँको तुलनामा आर्थिक वर्ष २०२० मा उनलाई सो रकम भुक्तानी गरिएको थियो

४) उदय कोटक : कोटक महिन्द्रा बैंकका सिइओ तथा प्रबन्ध निर्देशक उदय कोटक यो सूचीको चौथो नम्बरमा रहेका छन् । गत आर्थिक वर्षमा उनको तलबमा भने कटौती भएको छ । तलब कटौतीपछि उनले २ दशमलव ९७ करोड भारतीय रुपैयाँ (करीब साढे ४ करोड नेपाली रुपैयाँ) कुल हात पारेका थिए । जुन तलब बैंकको पछिल्लो वार्षिक रिपोर्ट अनुसार गत वर्षको ३ दशमलव ५२ करोड भारतीय रुपैयाँभन्दा १८ प्रतिशतले कम छ । –मनीकन्ट्रोल डटकमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL