Logo

के जागिरबाट मान्छे सन्तुष्ट जीवन बाँच्न सक्छ ? यी देशका जागिरे छन् सबैभन्दा सन्तुष्ट

के जागिरबाट मान्छे सन्तुष्ट जीवन बाँच्न सक्छ ? यी देशका जागिरे छन् सबैभन्दा सन्तुष्ट



काठमाडौं । भनिन्छ मानिसको जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नैपर्छ । यस्तो काम कुनै व्यापार व्यवसाय वा जागिर पनि हुन सक्छ । धेरैले जागिर जीववनयापनको विषयमात्र हुने र जागिरबाट धेरैजसो मानिसहरु सन्तुष्ट नहुने बिचार राख्छन ।

laxmi

धेरै अनुसन्धानहरुले पनि जागिरेहरु धेरै तनावमा रहने गरेका तथ्यहरु पत्ता लगाएका छन् । तर, विश्वका यस्ता देशहरु पनि छन् जहाँ मानिस जागिरमार्फत पनि सन्तुष्ट रहेका छन्।

हालै अमेरिकास्थित र्यान्डस्ट्यान्ड मोनिटरले विश्वका विभिन्न ३४ देशमा गरेको सर्वेक्षणमा भारतीय कामदारहरु सबैभन्दा सन्तुष्ट जागिरेको सूचीमा परेका छन् । अर्थात भारतका विभिन्न कम्पनीहरुमा काम गर्ने कर्मचारीहरु सबैभन्दा धेरै सन्तुष्ट रहेको पाईएको हो ।

यस्तै जापानीजहरु सबैभन्दा असन्तुष्ट रहेको उक्त अध्ययनले देखाएको छ । जापानमा गरिएको सर्वेक्षणमा जम्मा ४२ प्रतिशत कर्मचारीहरुले आफु आफ्नो कामबाट सन्तुष्ट रहेको बताएका थिए । तर २१ प्रतिशतले भने असन्तुष्ट रहेको बताएका थिए । यस्तै ठिकै भन्नेहरुको संख्यालाई हिसाव गर्दा जापानीहरु सन्तुष्ट नरहेको देखिन्छ ।

आफ्नो काम अर्थात पेशाप्रति असन्तुष्टि हुनुका पछाडि धेरै कारणहरु हुन सक्छन । जापानकै कुरा गर्ने हो भने काम गर्ने वातावरणमा केही कठिनाई आएको खण्डमा कामदार अर्थात कर्मचारीहरु सन्तुष्ट नहुन पनि सक्छन । र कामदारमा खुसी पनि हराउँदै जान्छ ।

जापानमा हालै एक नयाँ नीति कार्यान्वयनको चरणमा छ । जसमार्फत कामदार वा कर्मचारीलाई जिस्क्याउने, धम्क्याउनेलगायतका कार्य गर्नेलाई सजायको व्यवस्था गरिएको छ । अध्ययनमा जापानिज कामदार वा कर्मचारीहरु लेआफ्नो तलव वृद्धि तथा भत्ताको व्यवस्था गरिनुपर्ने माग राख्दै असन्तुष्टि जनाएको देखिन्छ ।

अध्ययनमा भारतमा गरिएको सर्वेक्षणमा ८९ प्रतिशत कर्मचारीहरुले आफु कामबाट सन्तुष्ट रहेको बताएका थिए भने मेक्सिकोका ८५ प्रतिशत कामदारहरुले आफु सन्तुष्ट रहेको उल्लेख गरेका थिए । साथै कामदारलाई सन्तुष्टि प्रदान गर्ने देशको तेस्रो स्थानमा भने अमेरिका रहेको छ । यहाँका ७८ प्रतिशत कर्मचारीहरुले आफुहरु कामबाट खुसी भएको बताएका थिए ।

विश्व व्यापारमा अग्रपंक्तिमा रहेको चीन भने कामदारलाई सन्तुष्टि प्रदान गर्ने देशको चौथो स्थानमा परेको छ । यस्तै चीनपछि कामदार सन्तुष्ट रहेका देशकोा सूचीमा क्रमशः बेलायत, जर्मनी र फ्रान्स रहेका छन् । वीफोरमबाट

प्रतिक्रिया दिनुहोस्
MBL