Logo

कोरोना महामारीले विश्वव्यापी रुपमा घटेको तेलको उच्च खपत र मूल्य फेरि पहिलेझै उचाईमा पुग्ला ?

कोरोना महामारीले विश्वव्यापी रुपमा घटेको तेलको उच्च खपत र मूल्य फेरि पहिलेझै उचाईमा पुग्ला ?



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) महामारीले निम्त्याएको लकडाउनले एउटा गम्भीर प्रश्न सिर्जना गरेको छ । लकडाउनका कारण घटेको विश्वव्यापी तेलको उच्च खपत अब पहिलेकै दरमा फर्केला ?

laxmi

हवाई उडान तथा सवारीका साधनहरु लकडाउनका कारण कममात्रमा चलेपछि यसले तेलको खपत एक्कासि कम भएको छ । पछिल्लो समय जसरी मानिसको जिवनपद्धति नै परिवर्तन भएको छ त्यसरी नै तेलको खपत र मूल्यमा पनि ठूलो परिवर्तन आएको छ ।

विश्वका धेरै देशमा लकडाउनको अवधिमा पेट्रोलियम पदार्थको खपतमा पछिल्लो ४ महिनादेखि धेरै कमी आएको छ । गाडी कम गुड्दा अमेरिकास्थित लस एन्जल्स र भारतको नयाँ दिल्लीको हावा पनि स्वच्छ भएको छ । मतिपय देशमा परिस्थिति सामान्य बन्दै गएपनि सडकमा सवारी पहिलेकै अवस्थाामा नफर्केर विस्तारै आफ्नो लय समाउने बाटोमा छन् । अर्थात पुरानै अवस्थामा फर्किन अझै केही समय लाग्छ । र हवाई उडान पनि तुरुन्तै पहिलेकै अवस्थामा आउने सम्भावना कमै छ।

तेलको खपत पुनः उचाईमा पुग्छ ?


सम्भवतः जब महामारीको अवस्थाा सामान्य हुन्छ, अर्थात महामारी सकिन्छ तव रेल्वे, हवाईजहाज, अटोमोबाईललगायत अन्य ठूला कारखानाहरु समेत खुल्नेछन् । जो तेलको लागि तिर्खाएका हुनेछन् । अर्थात २०२० को अन्त्यतिर तेलको माग उच्च हुनेछ । तर तेलको मूल्य भने पहिलेकै अवस्थामा आउनेछ या बढ्नेछ अहिले भन्न सकिने अवस्था छैन । तर, केही कम्पनीहरुले भने तेलको माग घट्ने बताएका छन् ।

यस्तोमा व्यापार पनि कम हुने बताईन्छ । यदि व्यापार कम भएको अवस्थामा ६० प्रतिशत बढी तेल खपत गर्ने ढुवानी सेवा प्रभावित हुने प्रवल सम्भावना छ । यस्तै व्यापारमा कमी आएसँगै केही बर्ष हवाईयात्रामा पनि कमी आई सयौं उडानहरु विस्थापन गर्नुपर्ने अवस्था आएको बोईंग कम्पनीले औंल्याएको छ । जसले हवाई यातायातलाई ३ बर्ष पछाडि धकेलेको छ । यस्तै विभिन्न अटोमोबाईल मेकर कम्पनीहरुले पनि आफ्ना ईन्धनयुक्त गाडीको तुलनामा विद्युतिय मोटरलाई बढी प्रोत्साहन गरेका छन् ।

महामारीले हेभी ढुवानीबाहक, ट्रक, लरीलगायतको आपुर्ति श्रृंखला नै तोडेको छ । विश्व व्यापार पनि १३ प्रतिशतले खुम्चावट आउने बताइएको छ । जसका कारण पृथ्वीको ओजोन तहमा कार्वनडाईअक्साईडको मात्रामा ठूलो गिरावट आउनेछ । र वातावरण पनि साविकको भन्दा केही हदसम्म स्वच्छ हुने बताइन्छ ।

यस्तो हुँदा तेलको खपतमा कमी त पक्कै आउँछ, तर मूल्य के कस्तो हुन्छ भनेर भन्न सकिदैन । उसो त यो बर्षको मार्चमा कच्चा तेलको मूल्य ऋणात्म भएको सर्वविदितै छ । फेरि पनि यो अवस्था नआउला भन्न सकिने अवस्थाा छैन ।

तेलको खपतमा कमी आएसँगै तेल भण्राणहरु खपतभन्दा बढी उत्पादन भएसँगै भरिनेछन् । जसका कारण तेलको मूल्य घट्न सक्ने पनि प्रक्षेपण गर्न सकिन्छ । र तेल उत्पादकहरुले भने आफ्ना भविष्यको बाटो नै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने बताईन्छ । ब्लुमबर्ग डटकमबाट साभार

प्रतिक्रिया दिनुहोस्
MBL