Logo

कोरोनासम्बन्धमा पछिल्लो अध्ययनको निष्कर्ष, शरिरभित्र कोरोना भाईरस वैज्ञानिकले विश्लेषण गरेभन्दा भयावह

कोरोनासम्बन्धमा पछिल्लो अध्ययनको निष्कर्ष, शरिरभित्र कोरोना भाईरस वैज्ञानिकले विश्लेषण गरेभन्दा भयावह



काठमाडौं । पछिल्लो समय कोरोना भाईरसको महामारीले झन भयावह रुप लिने देखिएको छ । मानव शरिरमा भएका कोषहरुलाई असर पार्ने सार्सका भाईरस र कोरोना भाईरसको संक्रमणबीच सम्बन्ध रहेको पाईएको हो ।

laxmi

अनुसन्धानकर्ताहरुले यस्तो भएको खण्डमा भाईरसका टेन्टाकलहरु अझै धेरै विकसित भई अझै भयावह स्थिति पैदा गर्ने बताएका छन् ।

यस्ता प्रकारका भाईरसहरुले शरिका अन्य विभिन्न प्रकारका कोषहरुमा भने असर तुल्याई स्वस्थ कोषहरुलाई पनि संक्रमित गर्ने काम गरेको हुन्छ । जसका कारण मानिसको शरिरमा अझै धेरै खतरा निम्तिन सक्छ ।

वैज्ञानिकहरुले कोरोना भाईरसले निम्त्याउने असरलाई कम गर्ने विभिन्न औषधिको आविष्कार गरेको विश्वास गर्छन । जसले कोरोनाको संक्रमणलाई नै निस्तेज पार्न सक्छन् । पत्ता लगाईएका विभिन्न ७ औषधिमध्ये सिलमिटासर्टिव भने सबैभन्दा बढी विश्वासिलो पाईएको वैज्ञानिकको बुझाई छ ।

जुन हाल मेडिकल ट्रायलको रुपमा परिक्षण हुँदैछ । वैज्ञानिकहरुले उक्त औषधिलाई कोरोना विरुद्ध प्रभावकारी मानेका छन् । जसले कोरोनाका भाईरसलाई निस्तेज पार्न सक्ने बताईएको छ । याहुन्यूज डटकमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL