Logo

काठमाडौं प्रवेशमा अब थप कडाई, आफु बसेको स्थानीय तहको अनुमतिपत्र देखाउनु पर्ने (सूचनासहित)

काठमाडौं प्रवेशमा अब थप कडाई, आफु बसेको स्थानीय तहको अनुमतिपत्र देखाउनु पर्ने (सूचनासहित)


बिजखबर संवाददाता
15.3k
Shares

काठमाडौं । सरकारले उपत्यका प्रवेशका थप कडाइ गर्ने निर्णय गरेको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ ठूलो संख्यामा बढ्न थालेपछि अब उपत्यका प्रवेश गर्नका लागि आफू बसेको स्थानीय तहको अनुमति अनिवार्य रुपमा देखाउनु पर्ने निर्णय आज (आइतबार) गृह मन्त्रालयमा बसेको बैठकले निर्णय गरेको हो ।

laxmi

गृहको निर्णयअनुसार स्थानीय निकायले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ ।

त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजात समेत विचार गरी पास दिन सक्ने गृहले निर्णय गरेको छ ।

काठमाडौं उपत्यका बाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने समेत गृह मन्त्रालले निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL