Logo

यी धनाढ्य जसले कमाउँछन १ घण्टामै ५० करोड रुपैयाँ

यी धनाढ्य जसले कमाउँछन १ घण्टामै ५० करोड रुपैयाँ



काठमाडौं । विश्वका धनाढ्य ब्यक्तीहरुले एक घण्टामा कति कमाउँछन होला यो सबैको चासोको विषय हो । एक अध्ययनका अनुसार अमेरिकाका केही धनी व्यक्तीहरु तथा सेलिव्रीटीहरुले १ घण्टामै कसैले आफ्नो जिन्दगीभर कमाउन नसकिने पैसा कमाउने कमाउने गरेको पाइएको छ ।

अध्ययनले विभिन्न धनी मानीसहरुको बर्षभरीको कमाईलाई घण्टामा रुपान्तरण गर्दै प्रतिघण्टाको कमाई निकालेको छ ।

१ बर्षमा कमाएको कुल आम्दानीलाई ८ हजार ७ सय ६० ले भाग गरेर उनिहरुको प्रतिघण्टाको कमाई निकालिएको हो । ८ हजार ७ सय ६० भनेको १ बर्षलाई घण्टामा रुपान्तरण गरिएको संख्या हो ।

उक्त अध्ययन अनुसार विश्वकै धनी जेफ बेजोसले १ घण्टामा ४४ लाख डलर कमाउने देखिएको छ जुन नेपालको मुद्रासँग तुलना गर्दा ५० करोड रुपैयाँ हुन आउँछ । जुन रकम सामान्य मानीसले आफ्नो जिवनभर पनि कमाउन सक्दैन ।

यस्तै विश्वकै दोस्रो धनी मानिएका फेसबुकका सिईओ मार्क जुकरवर्गले भने १ घण्टामा १७ लाख डलर कमाउने गरेका छन । यस्तै विश्वकै तेस्रो धनी मानिएका बर्कसायर हाथवे कम्पनीका मालिक वारेन बफेटलाई भने वालमार्ट कम्पनीकी मालिक एलिस वाल्टनले उछिनेकी छन । उनको हाल प्रतिघण्टा कमाई १३ लाख ९२ हजार डलर रहेको छ भने वारेन बफेटको प्रतिघण्टा कमाई जम्मा ९ लाख ५८ हजार डलर रहेको छ ।

यस्तै माईक्रोसफ्टका मालिक बिल गेट्सले भने प्रतिघण्टा जम्मा ४ लाख ५६ हजार डलर कमाउने गरेको पाईएको छ । उक्त तथ्याँकमा बिल गेट्सभन्दा अगाडी अल्फाबेटका मालिक ल्यारी पेज र टेस्लाका मालिक इलोन मस्क रहेका छन । उनिहरुको प्रतिघण्टा कमाई क्रमशः ९ लाख २४ हजार र ६ लाख ८४ हजार डलर रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL