Logo

परिसंघ पनि अब संघीय संरचनामा, तोकिए सातै प्रदेशका संयोजक

परिसंघ पनि अब संघीय संरचनामा, तोकिए सातै प्रदेशका संयोजक


बिजखबर संवाददाता
54
Shares

नेपाल उद्योग परिसंघ पनि अब संघीय संरचनामा गएको छ । परिसंघले आफ्नो विधान संसोधन गर्दै संघीय संरचनामा रुपान्तरित भएको हो ।
परिसंघको १४ औं वार्षिक साधारणसभाबाट पारित संशोधित विधानलाई नेपाल सरकारले स्वीकृति दिएसँगै अब परिसंघ संघीय संरचनामा रुपान्तरित भएको हो । परिसंघको गभर्निङ काउन्तिसल र राष्ट्रिय परिषद्को वैठकले सात ओटै प्रदेशमा प्रदेश परिसंघ गठन गर्ने निर्णय गर्दै प्रदेश संयोजक समेत चयन गरेका अध्यक्ष हरिभक्त शर्माले बताए ।
गभर्निङ काउन्तिसल र राष्ट्रिय परिषद्को वैठकले प्रदेश परिसंघको गठन गर्न सात ओटै प्रदेशको संयोजक  समेत तोकेको छ । जसमा प्रदेश एकका लागि मीनप्रकाश मैनाली (झापा),  प्रदेश दुईका लागि नरेश दास (जनकपुर), प्रदेश तीनका लागि ऋिषी घिमिरे (हेटौडा), प्रदेश चारका लागि विनोद न्यौपाने (पोखरा), प्रदेश पाँचका लागि एजाज आलम (बुटवल), प्रदेश ६का लागि टेक बहादुर भण्डारी (सुर्खेत) र प्रदेश सातका लागि हेम विक्रम थापा (कञ्चनपुर) रहेका छन् । प्रदेश परिसंघले सम्बन्धित प्रदेश एवं स्थानीय सरकारसँग निजी क्षेत्रको हकहितका लागि काम गर्ने परिसंघले जनाएको छ ।
उपाध्यक्ष अग्रवालसहित र १० सदस्य मनोनयन
गभर्निङ काउन्तिसल र राष्ट्रिय परिषद्को उक्त बैठकले परिसंघको संशोधित विधानको व्यवस्थाअनुसार एक उपाध्यक्ष र दश राष्ट्रिय परिषदको सदस्य थपेको छ । परिसंघले उपाध्यक्षमा सुलभ अग्रवाललाई मनोनित गरेको हो । यसैगरी राष्ट्रिय परिषदको सदस्यहरुमा छाया शर्मा, रिता भण्डारी, आशिष गर्ग, हेमन्त गोल्छा, मनिष खेम्का, रविन्द्र भक्तश्रेष्ठ, ऋिषी घिमिरे, शरद तिवरेवाला, शिषिर भट्ट र सुधीर मित्तल मनोनित भएका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL