Logo

पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न

पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न


बिजखबर संवाददाता
243
Shares

काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ । ३२ जिल्लामा भएको निर्वाचनमा ६० प्रतिशत खसेको अनुमान गरिएको छ ।

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ३२ जिल्लामा मतदान भएको थियो ।

समय सकिएसँगै अधिकांश मतदान केन्द्रमा मतपेटिका सील गरेर सदरमुकाम पठाउने तयारी हुँदैछ ।

निर्वाचन आयोगका अनुसार हेलिकोप्टर प्रयोग गर्नुपर्ने उच्च हिमाली क्षेत्रका मतपेटिका भने सोमबार बिहान मात्र सदरमुकाम पुर्याइने छ ।

निर्वाचनमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रहृयो । रुकुममा एसिडले मतपत्र जल्दा पून निर्वाचन हुने भएको छ । बाफीकोटस्थित रत्न मावि मतदान केन्द्रमा मतपत्र जलाइएपछि त्यहाँ प्रतिनिधिसभातर्फ मंसिर २१ गते पुनः मतदान हुनेछ ।

त्यस्तै सोलुखुम्बुको तिङलाका जनताले मतदान बहिस्कार गरेका छन् । तस्विर- नरहरी पौडेलको फेसबुकबाट

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL