Logo

३२ जिल्लामा मतदान शुरु, मतदाताको उत्साहपूर्ण सहभागिता

३२ जिल्लामा मतदान शुरु, मतदाताको उत्साहपूर्ण सहभागिता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतबार पहिलो चरण अन्तर्गत ३२ जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभाका लागि निर्वाचनको मतदानको प्रक्रिया सुरु भएको छ ।

पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका ३२ जिल्लाको ३७ वटा प्रतिनिधिसभा र ७४ वटा प्रदेशसभाको लागि निर्वाचनको मतदानको सुरु भएको हो ।
आज बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म हुने छ । मतदानमा १११ जनप्रतिनिधिका लागि ७०२ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिनिधिसभाका ३७ स्थानका लागि २८२ र प्रदेशका ७४ स्थानमा लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन्। त्यस्तै जम्मा १ करोड ५४ लाख मतदातामध्ये पहिलो चरणमा ३१ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुँदैछन्।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा चार हजारभन्दा बढी मतदान केन्द्र तोकिएका छन्। ३२ जिल्लामा दुई हजार ९१९ मतदान स्थल र चार हजार ४६५ निर्वाचन केन्द्र तोकिएका छन्।

निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् निर्वाचान आयोगले अपिल गरेको छ ।
मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै आयोगले कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु अनुरोध गरेको छ ।

यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने जनाएको छ ।

प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ ।

 

समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागको मतपत्र–१ मा तथा प्रदेशसभाका लागि मतपत्र–२ भएका चिह्नमध्ये आफूलाई मन परेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL