Logo

विरगञ्ज ड्राइपोर्टदेखि काठमाडौंसम्म ‘रोपवे’मा कण्टेनर

विरगञ्ज ड्राइपोर्टदेखि काठमाडौंसम्म ‘रोपवे’मा कण्टेनर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विरगञ्ज सुख्खा बन्दरगाहदेखि काठमाडौंसम्म रोपवे निर्माण गरिने भएको छ । विरगञ्ज सुख्खा बन्दरगाहदेखि काठमाडौंमा निर्माणाधिन सुख्खा बन्दरगाहसम्म कन्टेनर ल्याउन रोपवे संचालन गर्न लागिएको लगानी बोर्डले जानकारी दिएको छ ।

हाल काठमाडौंदेखि हेटौडासम्मको रोपवेलाई स्तरोउन्ती गर्दै विरगञ्जसम्म रोपवे संचालनको सम्भाव्यता अध्ययन गर्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । ‘हामीले विरगञ्ज सुख्खा बन्दरगाहदेखि काठमाडौंसम्म सोझै कन्टनेर ल्याउन सजिलो होस भन्ने उद्देश्य अनुरुप रोपवे संचालनका लागि गुरु योजना बनाएका छौं,’ उनले भने, ‘बोर्डको सम्भावित आयोजनामा रोपवे पनि समावेश भएको र त्यसलाई यसै आवमा सम्भाव्यता अध्ययन गर्नेछौं ।’

चालू आर्थिक बर्षभित्रै सम्भाव्यता अध्ययन सकिने गरी आगामी हप्ताभित्रै सोको जिम्मा लगाउने तयारी गरिएको बोर्डका प्रवक्ता उत्तम वाग्लेले बताए । ‘सम्भाव्यता अध्ययनको लागि कसरी कसलाई जिम्मा दिने भन्ने विषयमा बोर्डको आगामी दिनमा बस्ने बैठकले टुङ्गो लगाउने छ,’ उनले भने, ‘सम्भवत सम्भाव्यता अध्ययनको जिम्मा नेपाली कम्पनीलाई नै दिइने छ ।’

सम्भाव्यता अध्ययनको रिपोर्ट आएपछि मात्रै कसरी, कहिलेसम्म कति लागतमा बन्ने भन्ने विषयको टुङ्गो लाग्ने वाग्ले बताउँछन् । बोर्डले आफ्नो सम्भावित आयोजनाहरुमध्ये रोपवे संचालनलाई उच्च प्राथमिकतामा राखेका छ ।

बोर्डका अनुसार काठमाडौंदेखि हेटौडासम्म पुरानै रोपवेलाई स्तरोउन्नती गरिने छ । तर, हेटौंडादेखि विरगञ्जसम्म भने रोपवेको नयाँ संरचाना निर्माण गरिने बोर्डले जानकारी दिएको छ । रोपवे निर्माण भएसँगै विरगञ्ज सुख्खा बन्दरगाहमा आएको कन्टेनरलाई सोझै काठमाडौंको चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाहमा ल्याउन सकिने बोर्डले बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL