Logo

साउनभित्रै बोलपत्र आह्वान सम्पन्न हुनुपर्ने, असोजपछि ठेक्का सम्झौता गर्न नपाइने

साउनभित्रै बोलपत्र आह्वान सम्पन्न हुनुपर्ने, असोजपछि ठेक्का सम्झौता गर्न नपाइने


बिजखबर संवाददाता
0
Shares

अर्थ मन्त्रालयले चालु आर्थिक बर्षका लागि विनियोजन  गरिएको बजेटको अधिकतम कार्यान्वयनका लागि सम्बन्धित सबै मन्त्रालयलाई कार्यान्वयन निर्देशिका पठाइसकेको छ । मन्त्रालयले पठाएको उक्त निर्देशिका अनुसार असोज मसान्तभित्रै बोलपत्र मुल्याङ्कन स्विकृति र ठेक्का सम्झौता पुरा भएको हुनुपर्नेछ ।

बजेट कार्यान्वयन सम्बन्धी उक्त तालिका अनुसार मन्त्रालयहरुले आगामी कार्यक्रमका लागि साउनभित्रै बोलपत्र आह्वान, विस्तृत डिजाइन, लागत अनुमानको काम सम्पन्न भइसक्नुपर्नेछ । पूँजीगत खर्च कमजोर हुँदै गएपछि अर्थ मन्त्रालयले बजेट घोषणा भएको अर्को दिनदेखि नै मन्त्रालयहरुलाई यसको अख्तियारी प्रदान गरेको थियो ।

बजेट कार्यान्वयनको समय सिमा अनुसार फागुन मसान्तपछि रकमान्तर नहुने तथा थप रकम निकासा नहुने व्यवस्था गरिएको छ । त्यस्तै स्थानीय तहका लागि विनियोजन गरिएको बजेट पनि यहिं साउन मसान्तभित्र पठाइसक्नुपर्ने व्यवस्था अर्थमन्त्रालयले गरेको छ । विनियोजित बजेटको समयमै सहि सदुपयोग गर्नका लागि कार्यतालिका निर्माण गरिएको अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए । उनका अनुसार बजेट कार्यान्वयनका सन्दर्भमा अर्थ मन्त्रालयले निरन्तर प्रभावकारी अनुगमनको तयारी पुरा गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL