Logo

आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत, मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राखिने (पूर्णपाठसहित)

आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत, मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राखिने (पूर्णपाठसहित)



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले मुद्रास्फीति दरलाई ५.५ प्रतिशतको सीमामा राख्ने उल्लेख बजेट वक्तव्यमा गरिएको छ।

कुल बजेटमध्ये ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ चालू खर्चमा, ४ खर्ब ७ अर्ब ८९ करोड पुँजीगत खर्चमा र ३ खर्ब ७५ अर्ब २४ करोड वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।

बजेट खर्चका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वबाट, ५३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक अनुदानबाट र २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋणबाट जुटाइनेछ। बाँकी ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएर बजेट घाटा पूर्ति गरिने अर्थमन्त्री पौडेलले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्