काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको छ।
बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै कार्यालयले यो प्रक्षेपण सार्वजनिक गरेको हो। तथ्यांक अनुसार, हाल नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।
यसअघि विश्व बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४.५ प्रतिशत र एसियाली विकास बैंकले ४.४ प्रतिशतको वृद्धिदर हुने प्रक्षेपण गरेका थिए। राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपण ती संस्थाहरूको भन्दा उच्च देखिएको छ।
गत वर्षको तुलना गर्दा, आर्थिक वर्ष २०८०/८१ मा ३.६७ प्रतिशत वृद्धि भएको थियो भने २०७९/८० मा मात्र १.९८ प्रतिशतले अर्थतन्त्र वृद्धि भएको थियो।