Logo

विश्वको ‘जीडीपी’ को आधा हिस्सा प्रकृतिबाट हुन्छ प्राप्त, यसकारण जोगाउनुपर्छ ‘वायोडाइर्भसिटी’

विश्वको ‘जीडीपी’ को आधा हिस्सा प्रकृतिबाट हुन्छ प्राप्त, यसकारण जोगाउनुपर्छ ‘वायोडाइर्भसिटी’



काठमाडौं । गर्मी यति चर्को छ कि बाँदर रुखबाट खसेर मरिरहेका छन् । मेक्सिकोको तटीय राज्य ताबास्कोमा गत साता १३८ वटा बाँदर मृत अवस्थामा फेला परे । मेक्सिकोमा धेरै गर्मी छ । मार्चदेखि अहिलेसम्म २६ जनाको मृत्यु भएको छ । तर, तापक्रममा अलिकति वृद्धि पनि धेरै प्रजातिका जीवहरूको लागि घातक साबित हुन सक्छ ।

laxmi

नासाका अनुसार सन् २०२३ मा पृथ्वीको औसत तापक्रम १९औँ शताब्दीको औद्योगिक युगअघिको औसत तापक्रमको तुलनामा २.५ डिग्रीले बढेको छ । पछिल्लो दस वर्ष लगातार सबैभन्दा तातो वर्षका रुपमा रहेका छन् । घातक गर्मीको अवस्थाहरूले जैविक विविधता (वायोडाइर्भसिटी) लाई ठूलो नोक्सान पु¥याइरहेको छ ।

संसारमा जैविक विविधताका लागि यस्ता धेरै खतराहरू छन । ग्लोबल वार्मिङसँगै बढ्दो औद्योगिकीकरण र प्रदूषणले पनि जैविक विविधतालाई जोखिममा पारिरहेको छ । करिब तीन दशकअघि सन् १९९३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघले जैविक विविधताका सम्बन्धमा विश्वका लागि केही साझा नियम बनाएको थियो । हाल यस सम्झौतामा १९६ सदस्यहरू समावेश छन्, जसको अर्थ सम्पूर्ण विश्वले यी नियमहरूलाई स्वीकार गर्दछ । सन् २००० मा संयुक्त राष्ट्र संघको महासभाले यही दिन नियमको प्रारम्भिक मस्यौदामा सहमति भएको हुनाले मे २२ लाई जैविक विविधता संरक्षण दिवसको रूपमा घोषणा गरेको थियो ।

जैविक विविधता सम्बन्धी नियम र कानुनलाई थप कडा बनाउनुपर्ने आवश्यकता दिनानुदिन बढ्दै गएको छ । हाल, विश्वको लगभग १७ प्रतिशत भूमि क्षेत्र र यसको ८ प्रतिशत समुद्री क्षेत्र सुरक्षित छ । जहाँ जैवविविधतालाई वन फँडानी, श्रोतको दोहन र प्रदूषणबाट जोगाइएको मानिन्छ । तर, यी क्षेत्रहरू जलवायु परिवर्तन, बाढी, खडेरी र जंगली आगलागी जस्ता खतराहरूबाट पनि क्षतिग्रस्त भइरहेका छन ।

जैविक विविधता संरक्षण दिवसका अवसरमा लोपोन्मुख प्रजातिको सूची सार्वजनिक गर्ने संस्था इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसीएन) ले म्यानग्रोभ वनसम्बन्धी अध्ययन सार्वजनिक गरेको छ । जलवायु परिवर्तन, वन फँडानी र प्रदूषणका कारण विश्वका आधाभन्दा बढी म्यानग्रोभ वनहरू लोप हुने खतरामा रहेको प्रतिवेदनमा छ । संस्थाले विश्वका ३६ विभिन्न क्षेत्रका म्यानग्रोभ वनको अध्ययन गरी पहिलोपटक यस्तो बताएको हो ।

विश्वको १५ प्रतिशत तटवर्ती क्षेत्र म्यानग्रोभ जंगलले घेरिएको छ । यी पृथ्वीको १.५ लाख वर्ग किलोमिटर क्षेत्रफल अर्थात् बंगलादेशजत्तिकै ठूलो क्षेत्रफलमा फैलिएका छन । २० प्रतिशत म्यानग्रोभ वन नष्ट हुने ठूलो खतरा छ । संस्थाका प्रमुख ग्रेथल अगुइलर भन्छन्, ‘यसले विश्वमा लाखौं महत्वपूर्ण प्रजातिहरूको घर भएका म्यान्ग्रोभ वनहरूको संरक्षणका लागि तत्काल प्रयासहरू गर्नुपर्ने आवश्यकतालाई ल्याउँछ ।’

विश्वको जीडीपीको आधा हिस्सा प्रकृतिबाट आउँछ

मानवले गर्दा हुने जैविक विविधताको हानिले संसारको छैटौं ठूलो जीवको विलुप्तता निम्त्याइरहेको छ । जसका कारण आउँदो शताब्दीमा विश्वका एक तिहाइ जीवजन्तु र वनस्पतिको प्रजाति लोप हुने डर छ । यसले प्रकृतिलाई हानि मात्र नभई यसको मार जनताले पनि बेहोर्नुपर्नेछ । जैविक विविधता विश्वव्यापी अर्थतन्त्रका लागि पनि महत्वपूर्ण छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका उपप्रमुख एलिजाबेथ मारुमा मर्माले एक अन्तर्वार्तामा भनिन्, ‘विश्वको कुल ग्राहस्थ उत्पादनको ५० प्रतिशत प्रकृतिबाट आउँछ । जैविक विविधताको संरक्षणले पृथ्वीमा मानव जीवनको रक्षामात्र हैन सन् २०३० सम्ममा विश्वमा थप ४० करोड रोजगारी पनि सृजना हुनेछन ।’

कीरा छैन, खाना छैन

विश्वमा कीराहरूको संख्या घट्दै गएको र तिनीहरूका धेरै प्रजातिहरू खतराको अवस्था पुग्दा बिरुवाको परागणमा विशेष भूमिका खेल्ने कीराबारे गहिरो चिन्ता श्रृजना भएको छ । सन् २०१९ मा प्रकाशित एक अध्ययनले आगामी केही दशकहरूमा मात्र कीराको जनसंख्या ४० प्रतिशतले घट्न सक्ने देखाएको छ । ‘यदि कीराहरू भएनन भने, यसले विश्वभरको कृषिमा धेरै नराम्रो प्रभाव पार्छ । बढ्दो खाद्य संकटको बीचमा यो गम्भीर चिन्ताको विषय हुनुपर्छ,’ प्रतिवेदनमा छ

विश्वमा पोर्चुगलको क्षेत्रफल बराबरको जङ्गल हरेक वर्ष काटिन्छ । वन कटानसँगै ती क्षेत्रमा रहेको जैविक विविधता पनि लोप हुँदै गएको छ । काटिएको जंगलको आधा बराबर अन्यत्र लगाइएका पनि छन् । तर, पुनरुत्थानले जैविक विविधतालाई पूर्णरूपमा पुर्नस्थापित गर्दैन । यस्तो अवस्थामा आदिवासी जनजातिको आफ्नो वनजमिनमा रहेको अधिकारमा सम्झौता गर्न विज्ञहरू चाहन्छन् । ताकि शताब्दीयौंदेखि जैविक विविधताको संरक्षक बनेका यी मानिसहरूले आफ्नो संस्कृति र परम्परागत ज्ञानलाई पनि बचाउन सकून् ।

तर, जैविक विविधता बचाउनका लागि यी प्रयासहरूमा पनि धेरै खर्च हुनेछ । यसका लागि सन् २०३० सम्म प्रत्येक वर्ष ८ खर्ब २४ अर्ब डलर यस क्षेत्रमा लगानी गर्नुपर्ने केही अनुमान छ । यो खर्च सन् २०२३ को अमेरिकी सेनाको बजेटभन्दा १० प्रतिशतमात्र कम हो । विकासोन्मुख र गरिब देशहरूले यति धेरै खर्च आफैं धान्न सक्दैनन्, त्यसैले तिनीहरू धनी देशहरूबाट यो कोष माग्छन । तर, अहिले त्यस्तो कोष १०० अर्ब डलर मात्र पुगेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL