Logo

जीडीपीमा बागमती प्रदेशको योगदान ३६.४ प्रतिशत, गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने

जीडीपीमा बागमती प्रदेशको योगदान ३६.४ प्रतिशत, गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने



काठमाडौं । चालू आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको जीडीपीमा बागमती प्रदेशको योगदान ३६.४ प्रतिशत हुने देखिएको छ ।

laxmi

चालू आर्थिक वर्षको पहिलो ९ महिनाको तथ्यांकलाई आधार मान्दा चालू आवमा जीडीपीको आकार ५७ खर्ब ५ अर्ब पुग्ने अनुमान गरिएको छ । जसमध्ये बागमती प्रदेशको योगदान २० खर्ब ७५ अर्ब पुग्ने अनुमान गरिएको छ । यसैगरी जीडीपीमा दोस्रो बढी योगदान कोशी प्रदेशको १५.८ प्रतिशत रहने अनुमान गरिएको छ भने लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदुर पश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान रहेको छ ।

चालू आवको आर्थिक वृद्धिदरमा भने गण्डकी प्रदेश सबैभन्दा बढी अगाडि देखिएको छ । कार्यालयले चालू आबमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ४.५५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यसैगरी दोस्रोमा लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत हुने अनुमान गरिएको छ भने सबैभन्दा थोरै कर्णाली प्रदेशको ३.३९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।

यसैगरी उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । जसमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकि प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL